झापा, बैशाख १८ । झापामा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेमा ३७ महिला र ३५ पुरुष रहेका छन् । संक्रमितहरुमा भद्रपुरमा २४ जना, बिर्तामोडमा १३ जना, अर्जुनधारामा ८ जना, मेचीनगर र कन्काईमा ७,७ जना रहेका छन् ।
त्यस्तै गौरादहमा ४ जना, बुद्धशान्तिमा ३ जना र हल्दिबारीमा २ जना रहेका छन् । गौरीगञ्ज, कचनकबल र बाह्रदशीमा १,१ जना संक्रमण पुष्टि भएको हो ।