झापा,बैशाख १७।गैर सरकारी संस्था महासंघ नेपाल झापा साखाको आयोजनामा झापा गाउँपालिकामा लैङ्गिक हिंसा न्युनिकरण तालिम सुरु भएको छ।सुक्रबार देखि सुरु भएको तालिमको आर्थिक सहयोग झापा गाउँपालिकाले गरेको हो।
संस्थाका अध्यक्ष हरी गौतमको अध्यक्षता सुरु गरिएको तालिमको उद्घाटन प्रमुख अतिथी पालिका उप-प्रमुख कुन्तीदेवी बुढाथोकीले गर्नु भएको थियो।तालिमको उद्घाटन गर्दै बुढाथोकीले लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो भन्दै घर भित्रै पनि हिंसाका घटना घटिरहेको बताउनु भयो।उहाँले हिंसा न्युनिकरणका लागि तालिमले प्रभावकारी भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो।
सुक्रबार र शनिवार गरेर दुई चरणमा सम्पन्न गरिने तालिममा प्रशिक्षक लता खरेल फुयँलले प्रशिक्षार्थीहरुलाई लैङ्गिक हिंसा बारे सचेतना दिइने संस्थाका उपसचिव नेत्र प्रसाईले जानकारी दिनुभयो।पहिलो दिन वडा नं २ को सभाहलमा सुरु भएको तालिमको समापन भोलि शनिवार झापा गाउँपालिका-३ स्थित स्वस्थानी प्राविमा गरिने प्रसाइले बताउनु भयो।