झापा,बैशाख १५।झापा गाउँपालिका-४ अलकास बस्तीका एक ५५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।
मुसलमान समुदायका ती पुरुष दम र चिनी रोगबाट पिडित थिए।उनको श्वासप्रश्वासमा समस्या आएपछी बिराटनगरको नोबेल हस्पिटलमा लगिएको थियो।नोबेलमा कोरोनाको परिक्षण रिपोर्ट पोजेटिभ देखिए पछी उनको उपचारकै क्रममा गए राती मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले कनकाई अनलाइनलाई जानकारी दिनुभयो।
घरमै रहेका ती पुरुषलाई कोरोना संक्रमण देखीए संगै झापा गाउँपालिकामा कोरोनाको त्रास बढेको छ।