Kanakai Online

पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न।


मङ्गलवार, वैशाख १४, २०७८ |

झापा,बैशाख १४।झापा गाउँपालिका स्वास्थ्य साखाको आयोजनामा पालिका स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ।

मंगलबार डिल्लीराज माविको सभाहलमा सम्पन्न कार्यक्रममा स्वास्थ साखा प्रमुख लक्ष्मण बिश्वकर्माले मानिस स्वस्थ्य हुनलाई खानामा विषेश जोड दिनु पर्ने बताउनु भयो।उहाँले मानिसलाई चाहीने पोषणका लागि ४ खालका खाना नियमित खानु पर्ने बताउनु भयो।”पहिलो अन्न,दोस्रो गेडागुडी,तेस्रो साग सब्जी फलफूल र चौथो पशुजन्य बस्तुको स्रोतबाट जस्तै दूध दही माछा मासु”बिश्वकर्माले भन्नुभयो।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले पोषण सम्बन्धी जानकारी प्रस्तुत गर्नु भएको थियो।उहाँले नेपालमा पोषणको कमी भएर लागेका रोगहरुको बारेमा सहभागीलाई सचेतना दिनुभयो।”पोषणको कमीले मानिसको बृद्दी बिकास ढिलो हुन्छ,त्यसैले बिशेष: बालबालिकालाई खानेकुरामा धेरै ध्यान दिनु पर्छ”उहाँले भन्नुभयो”अहिले बच्चाको बृद्दी बिकासमा बिकास भइरहेता पनि हामीले अझै पोषण युक्त खानेकुरामा जोड दिनुपर्छ।”हरेक स्थानिय निकायका शिक्षा साखा,कृषि साखा,स्वास्थ्य साखा,जनप्रतिनिधि लगायत सबै संग सहकार्य गरि पोषण युक्त खानेकुरा खाने बानी बसाले मुलुकको औषत मृत्युको आयु बढाउन सकिने चौलागाईंले बताउनु भयो।उहाँले बाल मृत्युदरलाई घटाउन सके औषत मृत्युको उमेर बढ्ने बताउनु भयो।

स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि,कार्यालयका कर्मचारी,स्वास्थ्यकर्मी,शिक्षक,स्थानीय,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर