Kanakai Online

कोरोना कहरको दोस्रो लहर:झापा गाउँपालिकाद्वारा विद्यालय बन्द गर्ने निर्णय


मङ्गलवार, वैशाख १४, २०७८ |

कामाटोली,बैशाख १४।झापा गाउँपालिकाको शिक्षा साखाले एक सुचना जारी गर्दै गाउँपालिका भित्रका विद्यालयहरु बैशाख मसान्त सम्म बन्द गर्न अनुरोध गरेको छ।

सुचनामा सिसिएमसी तथा डिसिसिएमसीको निर्णयको आधारमा बैशाख मसान्तसम्म सबै विद्यालयहरुको पठनपाठन तथा परिक्षाहरु बन्द रहने साथै वैकल्पिक शिक्षा संचालन गर्न सकिने निर्णय भएको जनाइएको छ।

सम्बन्धित खबर