लसुना ,बैशाख १३। बैशाखको मध्य १ बजेको गर्मी । सोमबार एक युवा झापा गाउँपालिकास्थित नेपाल-भारत सीमामा हस्याङ-फस्याङ गर्दै आइपुग्छन् । पसिनाले शरीर भिजेको छ । अनुहारबाट खुसीका चमक उडेको छ । ती युवा थिए- झापा-७ का दीलिप मण्डल । उनी १९ बैशाखका बेहुला । बेहुली लिन जानुपर्ने सीमापारि अर्थात् भारतको पश्चिम बंगाल स्थित आलिपुर । कोरोना भाइरसको दोस्रो लहरसँगै नाका बन्द छ । नाकामा सशस्त्र प्रहरी तैनाथ छन् ।
‘कार्डहरु सबै बाडिसकियो,सीमा शील भइदियो,अब विवाह गरेर भारतबाट ल्याउनुपर्ने । बेहुली कसरी भित्र्याउने ?’ लसुना नाकामा बसेका सुरक्षाकर्मीलाई उनी मलिन् स्वरमा सोध्दै थिए । ‘मास्क,सेनेटाइजर साथै कोरोनाका मापदण्ड पालना गरेर जानु तर उता भारतको एसएसबीलाई सोध्नु जान दिन्छन दिदैनन,के भन्छन’, सुरक्षाकर्मीले उत्तर दिए।
त्यस्तै अर्को हुल भारतको बिहार दिदीको बिहेमा जान तम्सिएको थियो। नेपाली सुरक्षाकर्मीले त्यो हुललाई सम्झाई बुझाई गरेर नेपाल नै फर्काए। फेरि केही छिनमै भारतबाट आँखामा कालो चश्मा लगाएका दुई वृद्धा आए। झापा बजार आई हस्पिटलमा हिडेको भन्थे,उनीहरु सिमाबाट पास भए। आँखा जचाए फर्किए। त्यस्तै अर्को एक हुल भारत मरिमराउ पुगेर फर्किदै थियो।आँखा उपचार गर्न,सर्पदंशका बिरामीहरुलाई नाम तथा नम्बर इन्ट्री गरेर सिमाबाट जान दिने प्रावधान रहेको सुरक्षाकर्मी बताउछन।
यो त प्रतिनिधि उदाहरण मात्र हो।नेपालका अधिकांस सिमा क्षेत्रमा यस्तै समस्या छन।भारत संग खुल्ला सिमाना अनि सिमानामा कुनै तार जाली नहुनाले प्राय: सिमा क्षेत्रमा बसोबास गर्ने नेपाली होस या भारती।विवाहमा जन्ती देखि लिएर मर्दाका मलामी सम्म एकसाथ हुने गर्छन।अझ भनौ कति भारतीले त नेपालमा खेती समेत गर्ने गर्छन।सिमा पुरै शिल गर्नु अथवा कडाई गर्नु भनेको कागजमा मात्र हो व्यावहारमा व्यवहारिक नहुने जानकार बताउछन् ।
भारतमा अहिले कोरोनाको दोस्रो लहर सुरु भइसकेको छ।जहाँ दिनानुदिन संक्रमित संख्या र मृत्यु दर बढिरहेको छ। यति सम्म कि अस्पतालमा बिरामीको चापले अक्सिजन अभाव भएका खबर बाहिरिएका छन भने संक्रमित जलाउने ठाँउ सम्म नभएको खबर आइरहेका छन।भारतमा यस्तो भयावह स्थितीमा सिमामा रहेको मुलुक नेपालमा पनि महामारी नआउला भन्न नसकिने अवस्था छ।
यसरी खुल्ला सिमाका व्यवहारिक कारणले मानिसको आवतजावत ठप्प नहुदाँ झापा गाउँपालिका कोरोनाको दोस्रो लहरको उच्च जोखिममा रहेको स्थानियले बताएका छन।सिमामा हेल्थ डेक्स नहुदाँ,बाहिर बाट आउने नेपालीलाई राख्ने क्वारेन्टिन नहुदाँ संक्रमण फैलने खतरा रहेको जानकारको भनाई छ।
यता सिमामा हेल्थ डेक्स छैन त भन्ने प्रश्नमा झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले अहिले कोरोनाको दोस्रो चरणको खोप,पोषण लगायतका काममा स्वास्थको टिम लागेको बताए।”जनशक्ती कम छ,सिमामा हेल्थ डेक्सका लागी हामी चाडै टिम परिचालन गर्छौ” उनले भने।क्वारेन्टिनका सबन्धमा सिमामा आएका झापा गाउँपालिकाका मानिसलाई क्वारेन्टिनमा राख्ने आवश्यकता नरहेको उनले स्पष्ट पारेका छन।”सिमामा नेपाली आए भने सिधा घर जान्छन,१० दिन सावधानीका साथ होम क्वारेन्टिनमा बसे कोरोना निको हुन्छ” उनले थपे “कोरोना एक हाउगुजी मात्र हो,मास्क लगाउने,नियमित सावुन पानीले हात धुने तथा एक अर्काको बिचमा दुरी बनाउने हो भने कोरोनाको छागोले छुदैन।”