Kanakai Online

सम्पादकीय-जनगणना २०७८ सफल पारौं।


आइतवार, वैशाख १२, २०७८ |

जनगणना एक पर्व हो।हरेक दस बर्षमा आउने जनगणनालाई सार्थक र सफल तुल्याउनु हरेक नागरिकको कर्तव्य हो।वि.सं १९६८ साल देखि सुरु भएको नेपालको जनसंख्या गणना यहाँ सम्म आउदाँ अहिलेको अनुमानित जनसंख्या तीन करोड छ।२०७८ सालको जनगणनाका लागी अहिले तयारी तिब्र बनाइएको छ।

दुई चरणमा गरिने गणनामा विविध कुरा समेटिने भएको छ।यो हामी नेपालीका लागि खुसीको कुरा पनि हो।जनगणनाले हाम्रो जनसंख्या मात्र होइन हाम्रो आम्दानी,कृषि,रोजगार इत्यादीका बिषयको तथ्यांक समेत समेट्ने छ।यसरी संकलन गरिएको तथ्यांककै आधारमा पछी राज्यले बिकासका योजना र समृद्द नेपालको परिकल्पना गर्न सजिलो हुनेछ।त्यसैले गणक र सुपरिवेक्षकलाई हाम्रो सही डाटा दिनु नी एक सचेत नागरिकको कर्तव्य हो।तपाईको व्याक्तीगत विवरणको समेत डाटा गोप्य राखिने हुनाले यसमा डराउनु पर्ने कारण छैनन।

पहिलो चरणमा बैशाख २६ देखि जेठ १४ सम्म जनगणना सुपरिवेक्षक ले हरेक घर र परिवार संख्याको तथ्यांक लिनेछन।दोस्रो चरणमा जेठ २५ देखि असार ८ गते गणकले हाम्रो हरेक परिवार र व्याक्तीका डाटा संकलन गर्नेछन।त्यस्तै असार ८ गते गणना दिवसको दिन रहेको छ।अहिलेको जनगणना २०७८ ११० वर्षको १२ औं श्रीखंला हो।

जनगणनामा मानिसको गन्ती मात्र हुदैन।मानिसले गरेका वित्तिय कारोबार,उत्पादन,आम्दानी सबैको विवरण संकलन गरिने हुँदा हरेक नागरिकको गणनामा सहभागी हुन पाउने अधिकार पनी हो।यही तथ्यांकले भोलीको बिकास,बजेट बाँडफाँड,सामाजिक सुरक्षा तर्जुमा,स्वास्थ्य,खाद्यान्न आपूर्ति जस्ता कुरामा राज्यलाई सहज हुने गर्छ।यसकै बेसमा टेकेर राज्यले हरेक क्षेत्रलाई समृद्द बनाउन नीति तथा कार्यक्रम बनाउने गर्छ।

अत:राष्ट्रिय जनगणना २०७८ मा सहभागी बनौं,आफ्नो सहभागीताको सुनिश्चतता गरौं।असल नागरिकको कर्तब्य पालना गरौ।

सम्बन्धित खबर