Kanakai Online

यस्ता युवा जसले आफ्नो जन्मदिनमा विपन्नलाई गरे सहयोग।


मङ्गलवार, वैशाख ७, २०७८ |

शरणामती,बैशाख ७।आजभोली मानिसहरुले जन्मदिनलाई पनि एक उत्सवका रुपमा मनाउने गरेका छन।उत्सवका रुपमा मनाउँदै गर्दा धेरै जसोले भड्किलो र फजुल खर्च गर्ने गरेका छन।यदाकदा मात्र जन्मदिनलाई सामाजिक काममा खर्चेको सुन्नमा आउँछ।

त्यस्तै झापा गाउँपालिका-६ शरणामती निवासी युवा पर्वत गुरुङ्गले भने यसपालीको जन्मदिन एक विपन्न परिवार सँग दु:ख साटासाट गरि मनाए।उनले दु:ख सहानुभूतिका शब्दमा मात्र साटेनन,झापा गाउँपालिका-७ मदरगाछ निवासी एक विपन्न परिवार कालू सेनको घरमै पुगेर जन्मदिनको केक काट्दै खाद्यान्न सहित उनका छोरीहरुलाई शैक्षिक सामग्री र कपडा समेत दिए।उनले उक्त परिवारलाई ५० केजी चामल,खाने तेल ५ लिटर,चाउचाउ एक काटन,आयो नुन ५ केजी,दाल ५ केजी,बच्चाका लागि एक दर्जन कपि साथै केही डट्पेन हरु र तिनै जनाका लागी एक एक थान कपडा प्रदान गरेको स्थानिय काजी राउतले बताए।यो भन्दा अघि समेत सामाजिक काममा सधैं अगुवा हुने गुरुङ्गले यसपाली भने जन्मदिन फरक तरिकाले मनाएको बताएका छन।

आर्थिक स्थितीकै कारण समयमै उपचार हुन नसकेर पाठेघरको समस्याबाट कालू सेनकी श्रीमती बुने सेनको निधन भए संगै दुई छोरी र कालु यतीखेर साहाराबिन बनेका छन।सेनको बच्चाको लालनपालन र शिक्षाका लागि आर्थिक सहयोग संकलन अभियान अझै पनि जारी रहेको राउतले बताए।

सम्बन्धित खबर