कनकाई अनलाईन
पूर्वपश्चिम राजमार्गको झापा शिवसताक्षी नगरपालिका दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको ज्यान गएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएको छ । बिहीबार बिहान ४ः२० बजे भएको दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी ७ बस्ने ३० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते घिमिरे र एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा चालकको बाटोमा मृत्यु भएकोप्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।
गम्भीर घाइते तामाङको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरेहेको छ । दुर्घटनामा परी एम्बुलेन्स क्षतिग्रस्त बनेको छ ।