कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा आगामी वैशाख ४ गते शनिवारदेखि हुने प्रथम कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक कनकाई भेट्रान क्लव सुरुङ्गाले भद्रपुर भेट्रानको सामना गर्ने भएको छ ।
प्रतियोगिताको आयोजना वारेमा आयोजकले मंगलवार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि खेल तालिका समेत सार्वजनिक गरेको छ ।
आयोजक समितिका अध्यक्ष राजेन्द्र खतिवडाले खेलको सम्पुर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । आयोजक समितिका ज्योतीकुमार उप्रेतीले प्रतियोगितामा आयोजक सगै भद्रपुर, दमक, दुधे र बिर्तामोड गरि झापाका ५ टिम र बाकी धरान, विराटनगर, इटहरीका भेट्रान टिमको सहभागिता रहने छ ।
आयोजक समितिका दिलकुमार कार्कीले प्रतियोगिता कनकाईमै प्रथम पटक गर्न लागिएको बताउँदै स्वास्थ्य सबै उमेर समुहका लागि आवश्यक छ भन्ने शन्देश प्रवाह गर्न ४० बर्ष माथिकाहरुको लागि प्रतियोगिताको आयोजना गरिएको बताउँनुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख १ हजार र दोस्रो हुने टिमलाई ६१ ह्जार रुपैँया प्रदान गरिने प्रचार प्रसार समितिका संयोजक रमेश मैनालीले बताउँनुभयो । प्रतियोगितामा विधागत खेलाडीलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख ६ हजार रुपैँया खर्च लाग्ने समेत जानकारी गराइएको छ । प्रतियोगिताको लागि खेल मैदानलाई हरियाली बनाइएको छ । यस अघि गरिने खेल प्रतियोगिताहरुमा चौरीको उचित व्यावस्थापन गर्न नसक्दा धुलाम्मे चौरमा प्रतियोगिता हुदै आएको थियो । यस पटक भने आयोजकले खेल मैदान व्यावस्थापनमा उचित प्रवन्ध मिलाइएको छ ।