Kanakai Online

झापा गाऊँपालिका द्वारा १५२ छात्रालाई साइकल बितरण


मङ्गलवार, चैत ३१, २०७७ |

कनकाई अनलाईन
झापा गाउँपालिकाले यस बर्ष सामुदायिक विद्यालयका किशोरीको शिक्षामा सहयोग पुर्याउने उद्धेश्यका साथ गाउँपालिका क्षेत्रमा रहेका तीन ओटा सामुदायिक बिध्यालयमा अध्यनरत छात्रालाई १५२ थान साइकल बितरण गरेको छ ।

गाऊँपालिकाको डिल्लीराज मा.बि. कुवाडीदेवि मावि र महेन्द्रमाविमा अध्यानरत् पिछडीएका समुदायलाई लक्षित गरि आयोजित साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो ।
साइकल बितरण कार्यक्रममा बोल्दै गाऊँपालिकाका अध्यक्ष जय नारायण शाहाले यस क्षेत्रमा रहेका आदिवासी , पिछडीएका , अल्पसंख्यक तथा शिक्षाको पहुँचबाट टाढा रहेका समुदायका बालिकाहरूलाई लक्षित गरि विद्यालय जाने किशोरीमा साइकल बितरण गरिएको बताउँनुभयो ।

उहाँले बिध्यालय बाट टाढ़ा घर भएका र आर्थिक रूपमा कमजÞोर परिवारका बालिकाहरूलाई बिध्यालय सम्म जान सहज होस र पढाइमा निरन्तरताका लागि ९ कक्षामा अध्यनरत छात्रालाई यो सहयोग प्रदान गरिएको जानकारी दिनु भयो ।
अध्यक्ष शाहले झापा गाऊँपालिकाले शिक्षामा मात्र नभई समग्र क्षेत्रको बिकाशमा उदारणिय कार्य गरेको बताउदै चाडै झापा गाऊँपालिकालाई देशकै नमूना उज्यालो गाउपालिकाको रूपमा घोषणा गर्न तयारी अवस्थामा रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष कुन्ती देबी बुढ़ाथोकीले शिक्षा सुधार कार्यक्रम अन्तर्गत यस पटक छात्राहरूलाई प्रदान गरिएको साइकल बितरण कार्यक्रम बाट शिक्षाको पहुँचबाट टाढा रहेका विद्यार्थीको लागि यो महत्वपूर्ण सहयोग रहने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा डिल्लीराज माविका प्रधानाध्यापक बीरेन्द्र प्रसाद गुप्ताले साइलक बितरण पछि किशोरीको शिक्षामा समेत मद्धत मिल्ने विश्वास व्याक्त गर्नुभयो ।
साइकल पाएपछि विद्यार्थी पूजा बुढाथोकीले घरधन्दा सकाएरै पनि समयमै स्कुल आउन पाइने बताउँनुभयो ।
गाउँपालिकाले यसबर्ष पालिकामा रहेका डिल्लीराज माबिका ९८ , कुवाटीदेवि माबिका ४२ र महेन्द्र माबिका १२ गरि १ सय ५२ जना छात्राहरूलाई साइकल प्रदान गरेको हो ।
तस्वीर ः साइकल प्रदान गर्दै गाउँपालिका अध्यक्ष शाह

सम्बन्धित खबर