Kanakai Online

कनकाई वनमा ओली बिजयी, पुन मतगणनाको माग


मङ्गलवार, चैत ३१, २०७७ |

कनकाई अनलाईन
कनकाई सामुदायिक वनको आगामी तीन वर्षे कार्यकालकालागि ख्याम ओली पुनः निर्वाचित भएका छन् ।
हिजो राती भएको मतगणनामा ओलीले १७ मत अन्तरले सन्तोस रायमाझिको नेतृत्वलाई पराजित गर्दै ओली निर्वाचित बनेका हुन । कुल २५९० मत खसेकोमा ओलीले १२१८ मत प्राप्त गर्नुभयो भने रायमाझिले १२०१ मत प्राप्त गर्नुभयो । ओलीलाई बर्तमान सरकार नेकपा एमाले र अर्को विद्रोही माधव कुमार नेपालको एमालेको समर्थन थियो भने रायमाझिलाई देशको प्रमुख प्रतिपक्षि दल कांग्रेस, माओवादी केन्द्र, राप्रपा र जसपाको साथ रहेको थियो । बिजयी ओली हालका समेत कनकाई सामुदायिक वनको अध्यक्ष समेत हुन । बाकी उपाध्यक्ष, सचिव र सहसचिव सबै रायमाझि नेतृत्वका मान्ता खरेल, ललितबहादुर कार्की र केशव संग्रौलाले निर्वाचन जित्दा कोषाध्यक्ष पदमा भने ओली प्यानलकै श्रीप्रसाद खरेलले निर्वाचन जितेका हुन । पदाधिकारीको यस निर्वाचनमा सहसचिव केशव संग्रौला नयाँ हुन भने बाकी सबै पुरानै कार्यसमितिका अनुहार हुन ।
यस निर्वाचनमा साझा विवेकशील पार्टीको भने नराम्ररी पराजय हुन पुगेको छ । साझाका अध्यक्षका उम्मेद्धार नारायण ओलीले एक सय मत समेत कटाएनन उनले जम्मा ९५ मत मात्रै ल्याए ।
उपाध्यक्षमा रायमाझी प्यानलका ललितवहादुर कार्कीले १ हजार १ सय ९१ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका प्रतिस्पर्धी ओली प्यानलका हिरण्य राईले १ हजार १ सय ४ मत प्राप्त गरेका थिए भने अर्का प्रतिस्पर्धी विवेकशीलका जीतवहादुर श्रेष्ठले १ सय ४७ मत प्राप्त गरेका थिए । सचिवमा रायमाझी प्यानलकी मान्ता खरेलले १ हजार २ सय ३ मत प्राप्त गरी विजयी बनेकी छन् । उनका प्रतिस्पर्धी ओली प्यानलकी मेनुका मैनालीले १ हजार ६४ मत प्राप्त गरेकी छन् । अर्की प्रतिस्पर्धी विवेकशीललका अम्बिका चापागाईँले १ सय ८३ मत प्राप्त गरेकी छन् । सहसचिवमा रायमाझी प्यानलकै केशव संग्रौलाले १ हजार १ सय २४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी ओली प्यानलका चेतराज श्रेष्ठले १ हजार ७१ मत प्राप्त गरेका थिए । अर्का प्रतिस्पर्धी साझाका सचिन तामाङ्ले २ सय २३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा ओली प्यानलका श्रीप्रसाद खरेलले १ हजार १ सय ७५ मत प्राप्त गरी विजयी बनेका छन् भने रायमाझी प्यानलका साझाका गोपी पाण्डेले १ हजार १ सय २५ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी खड्गप्रसाद चुडालले १सय २७ त प्राप्त गरेको बताएको छ ।
यसैविच निर्वाचन समितिले संचारकर्मीलाई पुर्णतय प्रवेश निषेध गरि सबै उम्मेद्धारलाई भने मतगणनामा सहभागी गराएको थियो । राष्ट्रिय अन्तराष्ट्रिय निर्वाचनको अभ्यासमा उम्मेद्धारका प्रतिनिधिलाई मात्रै मतगणनामा राखिने र मानवअधिकारवादी, संचारकर्मीलाई पर्यवेक्षका रुपमा वोलाइने र प्रवेश दिइने गरिएको छ यस निर्वाचनमा भने उल्टै निर्वाचन समितिले उम्मेद्धारलाई मतगणनामा प्रवेश दिने र अन्यलाई प्रवेश निषेध गरेपछि यस निर्वाचन समिति समेत विवादमा तानिएको छ । सन्तोस रायमाझिको टीमले निर्वाचन समितिले गनिसकेको एउटै मुठो दुईपटक गनेको र एउटा मुठो गन्दै नगनेको भन्दै गंम्भिर आरोप लगाएपछि प्रहरीले सबै मत पेटीकामा लाहा छाप लगाइ सुरक्षित गरेको छ । रायमाझिले यस वारेमा आफु कानुनी प्रक्रियामा जाने बताएका छन । मतपेटिकालाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरीमा पठाइने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सुरुड्गाले जनाएको छ । यसवारेमा अहिले १० बजे सर्वपक्षिय छलफलको आयोजना गरिएको बताइएको छ ।

सम्बन्धित खबर