बिगत केही दिनकै अन्तरालमा झापामा तीन घटना घटेका छन।बिर्तामोडका होटल संचालक चारआलीको जंगलमा मृत फेला परे लगतै बिर्तामोडका अर्का मानिस मरेकै अवस्थामा फेला परे।यति मात्र होइन भर्खरै एक कनपा-५ का एक दलित छिमेकीकै कुटाई बाट मारिए।
मानिसमा बढेको यी हिंसक गतिबिधी साचैंनै डरलाग्दो बिषय बनेको छ।देशमा हत्या,हिंसा र बलत्कारका घटना दिनप्रतिदिन बढिरहेको अबस्था छ।यसको एक कारक मुलुकको विद्यमान लचिलो कानुनी व्यवस्थालाई पनि लिन सकिन्छ।फितलो कानुन व्यवस्थाले पनि हिंसक गतिबिधीलाई प्रसय दिएको हो भन्न दुविधा नहोला।सशक्त कानुनी व्यवस्था हिंसक गतिविधि रोक्ने माध्यम हुन।तर हाम्रो मुलुकमा त्यो रहेको पाइदैन।अर्को राजनिक प्रसय पनि कारक हो।राजनितिक प्रसय पाएर यहाँ ठुला-ठुला अपराधीले समेत उन्मुक्ती पाएका उदाहरण प्रसस्तै पाइन्छ।ठुला अपराधी छुटाउन ठुलै नेताहरु लागिपरेको देख्न पाइन्छ।यसरी अपराध गरेपछी उन्मुक्ती पाउने भएपछी अपराध गर्नेहरुको मनोबल झन उच्च भएर दिनप्रतिदिन अपराधका घटनाहरु बढिरहेका छन।
अर्को प्रसासनले सुरक्षा व्यवस्थालाई पनि कडाई गर्नु पर्ने देखिएको छ।सुरक्षा निकायहरु जनपथ प्रहरी र सशस्त्र प्रहरीको जनशक्ती बढाएर गाउँ,टोल,इलाकामा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु आजको आवश्यकता रहेको छ।अपराधी पत्ता लगाउन सुष्म अनुशन्धान गरेर कानुनको कठघरामा कहिले ननिक्लिने गरि जाक्नु नै आजको आवश्यकता रहेको छ।अर्को कुरा प्रहरीलाई अपराधी पत्ता लगाउन संबन्धीत स्थानियले पनि साथ दिनुपर्छ।पालिकामा रहेका राजनित संगठन,स्थानिय सबैले अपराधी पत्ता लगाएर अपराधीलाई हदै सम्मको सजाय दिन आवश्यक छ।
यी माथीका संयन्त्र सहि ठाउँमा नरहे हिजो भन्दा आज झन धेरै हिंसक गतिविधी नहोला भन्न सकिँदैन।अत: मुलुकमा सबै सयंत्र सहि बनाउदै सुरक्षा व्यवस्था कडा गर्नुनै अपराध न्युनिकरण एक मात्र विकल्प हो।सुरक्षा व्यवस्था कडा गर्दै आम नागरिकलाई सुरक्षित महसुस गराउनु नै आजको सरकारको प्रमुख दायित्व हो।