Kanakai Online

गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनतालाई।


शनिवार, चैत २८, २०७७ |

मदरगाछ,चैत्र २८।झापा गाउँपालिकाको आयोजनामा सुक्रबार सम्पन्न तेस्रो झापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता मावी शरणामतीले जितेको छ। बिजेता बनेको जनताले विभिन्न विधामा १२ स्वर्ण, ३ रजत र १ वटा कास्य तथा उपविजेता डिल्लीराज माविले ५ वटा स्वर्ण, ६ वटा रजत र १ वटा कास्य पदक जितेको छ। 

तेस्रो स्थानमा रहेको जनकल्याण माविले ३ वटा स्वर्ण, ३ वटा रजत र २ वटा कास्य पदक हात पारेको छ।मंगलबारदेखि स्थानिय जनकल्याण माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा १३ वटा विद्यालयले सहभागिता जनाएका थिए।प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका प्रतियोगिताका उप समिती संयोजक पदम प्रसाद अधिकारीले जानकारी दिए।  

झापा गाउँपालिका प्रमुख जयनारायण शाह,शिक्षा साखा प्रमुख जीवन प्रसाद ढकाल,नेपाल शिक्षक महासंघका झापा गाउँपालिका अध्यक्ष जगन्नाथ राजबंशी,स्रोत व्याक्ती खड्ग प्रसाद खरेल लगायतले पुरस्कार वितरण गरेका थिए । 

सम्बन्धित खबर