Kanakai Online

विपन्न परिवारलाई चौतर्फी सहयोग।


शनिवार, चैत २८, २०७७ |

मदरगाछ,चैत्र २८।झापा गाउँपालिका-७ मदरगाछका कालुसेनको परिवारलाई देश तथा बिदेशमा रहेका नेपालीले आर्थिक सहयोग रकम प्रदान गरेका छन।सेनकि श्रीमती बुने सेनको पाठेघरमा समस्या आएपछी आर्थिक अभावकै कारण अल्पायुमै मृत्यु भएपछी टुहुरो बनेका दुई छोरी र बिदुर बनेका कालुलाई आर्थिक सहायता गर्न सामाजिक संजालमा अभियान नै चलेको छ।

स्थानिय अगुवा युवा काजी राउत,युवस राई लगायतको अगुवाईमा आर्थिक संकलन गरिएको हिसाब सुक्रबार एक कार्यक्रमका बिच सार्वाजनिक गरिएको छ।जसमा हाल सम्मको संकलित रकम २ लाख ५० हजार ५३१ रहेको छ भने पाठेघरमा समस्या देखिएकी मृतक बुने सेनको उपचारमा १ लाख ६२ हजार ९७५ रुपैयाँ खर्च भएको बताइएको छ।त्यस्तै कवुल रकम १४ हजार ६०६ रुपैयाँ आउन बाँकी रहेको छ भने रु ७२ हजार ९४० रुपैयाँ नगद मौजाद रहेको छ।

घर परिवारकै अवस्था दयनिय रहेपछी ४ र २ वर्षका छोरीहरुको लालनपालन र शिक्षा दिक्षामा कमी नहोस भनेर रकम संकलन अभियान जारी रहेको राउतले बताएका छ्न।सहायता रकम आउनेक्रम जारी रहेको राउतको भनाइ रहेको छ।

सम्बन्धित खबर