कनकाई अनलाईन
माननीय सांसद एलपी साँबाको पहलमा कनकाई नगरपालिका ३ स्थित नयाँबस्तीमा सूर्य देवताको मन्दिर सहितको सुर्यबाटिका सामुदायिक भवन बन्ने भएको छ ।
तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगत यस मन्दिर र सामुदायिक भवनका लागि यसै आर्थिक बर्षमा मात्रै ४० लाख रुपैँया विनियोजन गरिएसगै यस वृहत योजनाको शनिवार शिल्यान्यास गरिएको हो ।
कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, कांग्रेस नेता टेकनारायण संग्रौला लगायातले दान गरेको जमिनमा उक्त मन्दिर सहितको भवन बन्न लागेको कनकाई छठ सेवा समितिका अध्यक्ष सुरेन्द्र प्रधानले बताउँनुभयो । ६ करोड बढी मुल्यमा ३ बर्षभित्रै बन्न लागेको मन्दिर सहितको भवनका लागि कनकाई नगरपालिकाले ९ लाख रुपैँया सहयोग गरिसकेको छ भने झापा गाउँपालिकाले समेत आर्थिक सहयोग रहेको छ । बाकी रकम अन्य दाता र सरकारी ग्रह सरकारी निकायबाट संकलन गरिने समेत कनकाई छठ पुजा सेवा समितिका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँबा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई सामुदायि वन समुहका अध्यक्ष ख्याम ओली कनकाई नगरपालिका ३ का वडासदस्य छवि थपलिया लगायातले बोल्नुभएको थियो । सोही अवशरमा कनकाई माडवाडी सेवा समितिका अध्यक्ष अनिल गोयललाई सम्मन समेत गरिएको थियो ।
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु