Kanakai Online

नागरिकलाई केन्द्र बनाएर सार्वजनिक सेवा प्रवाह गर्न मन्त्री आलेको निर्देशन


बुधवार, चैत १८, २०७७ |

काठमाडौँ, १८ चैत ःवन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयबाट सञ्चालन भइरहेका सम्पूर्ण योजनाको ठोस परिणाम देखाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजना गरिएको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा उहाँले भन्नुभयो, “मन्त्रालयबाट जति योजना शुरु भएका छन्, यसलाई चाँडो सम्पन्न गरी ठोस परिणाम दिनुस् ।” नागरिकलाई केन्द्र बनाएर सार्वजनिक सेवा प्रवाह गर्न पनि मन्त्री आलेले मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले वन फँडानीका कारण उत्पन्न नागरिक र वन्यजन्तुबीचको न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले वन्यजन्तुका कारण नागरिकलाई दिनहुँ समस्या भइरहेको जनगुनासो बढेकाले त्यस क्षेत्रमा क्षतिपूर्तिका लागि तत्काल राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो ।(रासस)

सम्बन्धित खबर