कनकाई अनलाईन
दुर्गापुर बजार व्यावस्थापन समिति समय सकिएर पनि नयाँ नबनाएको भन्दै यहाँस्थित सरोकारवालाहरुले तत्काल नयाँ कार्यसमितिको गठन गर्न माग गरेका छन ।
दुर्गापुर व्यापारी समितिका अध्यक्ष भुवानी शिवाकोटी, नेपाली कांग्रेसका कनकाई ७ का वडा सभापति इश्वरीप्रसाद शिवाकोटी, माओवादी केन्द्रका सहइन्चार्ज तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सचिव राजु अधिकारी, नेकपा एमालेका पार्टी प्रतिनिधि शिवराज बस्नेत, संघिय लिम्बुबान मंच नेपालका अध्यक्ष तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सदस्य बसन्त मेयाङबो र राप्रपाका प्रतिनिधि चन्द्र घिमिरेले प्रेस विज्ञप्ति प्रकाशन गर्दै दुर्गापुर बजार व्यावस्थापन समितिको समयसिमा सकिएपनि यस क्षेत्रका सरोकारवालाहरुले नयाँ समिति बनाउन भन्दा पनि आलटाल गर्दै आएको र वजार व्यावस्थापन समितिको अधिवेशनलाई वडाअध्यक्षले पछि सार्दै आएको आरोप लगाएका छन । यसै विचमा बजारवाशीलाई सुचना नदिई एकाएक नयाँ समिति बनाउन प्रयास गरेकोमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलसमक्ष डेलिकेशन गएको समेत विज्ञप्तीमा उल्लेख छ । पोखरेलको निर्देशनमा तत्कालका लागि एकाएक बन्न लागेको समिति बन्न रोकिएपनि अझैपनि वडाअध्यक्षले आफु अनुकुलको समिति गठन गर्न चाहिरहेको भन्दै स्वतन्त्र पूर्वक बजारवाशीलाई नयाँ समिति गठन गर्न समेत माग गरिएको छ । आवश्यक नियम अनुसार नयाँ बजार व्यावस्थापन समिति गठनका लागि आफुहरु नगरपालिका वार्ड कार्यालयमा समेत आजै डेलिकेशन जाने समेत बजार व्यावस्थापन समितिका सचिव समेत रहेका राजु अधिकारीले बताउँनुभयो । म आफै समितिको सचिव हु विधान अनुसार जाउ नयाँ समिति बनाउँ भनिरहेको छु किन हो वडाअध्यक्ष मान्न तयार हुनुहुन्न उहाँका लागि सबै वार्डवाशी एक्कै हुनुपर्ने तर भएन अधिकारीले भन्नुभयो । यसबाट दुर्गापुर बजारको ऐतिहासिकतामा नै पो प्रश्न चिन्ह लाग्ला कि भन्ने चिन्ता भएको अधिकारीले बताउँनुभयो ।
यता यसवारेमा कनकाई ७ का वडाअध्यक्ष लीलाबहादुर कन्दङ्वा समक्ष जिज्ञासा राख्दा यी सबै कुरा कोरोना करहका कारण पनि वजार व्यावस्थापन समितिको कार्यकाल थप्नुपरेको बताउँनुभयो । हामी दसैँमा बजारको स्वर्ण महोत्सव मनाउँदैछौ त्यो स्वर्ण महोत्सव यहि समितिलाई मनाउँन दिनुहोस भनेको साथीहरु कुरै बुझ्नुहुन्न वडाअध्यक्ष कन्दङ्बाले भन्नुभयो । यता अधिकारी भने स्वर्ण महोत्सव पनि नयाँ समितिले मनाउन पाउनुपर्ने बताए ।