मदरगाछ,चैत १६।सानो फुस्को घर,यत्रतत्र छरिएका भाडा कुँडा,बाँसका भाटा बाधेर बनाएको एउटा खाट।२ र ४ वर्षका दुई छोरीहरुको रोधनले उकुस मुकुस भइरहेको त्यो ढल्न आटेको घर।यो परिदृष्य हो झापा गाउँपालिका-७ मदरगाछ्मा रहेका ३५ वर्षीय कालू सेनको।६ वर्ष अघि भारतको झारखण्ड बाट सातफेरा लगनगाँठोमा बाधिएर फुस्को घरमा उनले बुनु सेनलाई भित्राएका थिए।
बाँसको खाटबाट नवदापत्य जिवनको सुरु गरेका उनीहरुले पनि भविष्यमा राम्रो जीवन जिउँने अनेक तानवाना बुनेका थिए होलान।तर पापी दैव सपना पूरा गर्न नपाउँदै दुई छोरी को जन्म दिएर अवोध छोरीहरुलाई टुहुरो बनाउँदै बुनु सेनले देह त्याग गरिन।विपन्नताले सपना लुट्यो,छोरीहरुलाई टुहुरो बनायो।पाठेघरको समस्याबाट ग्रस्त सेनको समयमै उपचार हुन सकेन।समय खस्के पछी उपचारको केही लागेन।अन्तत: छोरीहरुलाई टुहुरो बनाई,अशक्त श्रीमानलाई बिदुर बनाई त्यो फुस्को घरबाट बिदा भइन बुनु सेन।
पिडाको बज्रपात असक्तलाई मात्र दिने निरीह भगवानलाई कहिलेकाँही भन्न मन लाग्छ,दैब यदी तिम्रो शक्ति छ भने गरिवीले कसैको साहारा नखोसियो,कोही टुहुरो नबनुन।
करिव डेढ वर्ष अगाडि धन कमाउने अनि छोरीहरुलाई सुखद भविष्य दिने सपनाका साथ मदरगाछ्मा भएको घर मात्र बस्ने जमिन छोडेर भारत कामको खोजीमा भौतारिएका थिए सेन दम्पती।एक वर्ष भारतमै भौतारिए।आफ्नो सपनाको केन्द्र भारत नभएपछी पुन झापा गाउँपालिकाकै झुपडीमा फर्के।तर बिडम्बना भारत सपना खोजीमा गएकी बुनु सेन पाठेघरको समस्या लिएर फर्किन।सेनकी भान्जी रचना शाहले भनिन”यहाँ हुँदा माइजू सकुशल हुनुहुन्थ्यो,भारतबाट फर्केपछी अचानक बिरामी पर्नुभयो।बिरामी परेकी सेनले विपन्नताका कारण तत्कालै उपचारका कुनै विकल्प अपनाइनन।जब रोगले गाज्दै लग्यो तब बिर्तामोडमा रहेको बिर्ता सिटी हस्पिटल लगियो।बिर्ताले पाठेघरको समस्या जटिल रहेकोले बिराटनगरको नोवेलमा रिफर गर्यो।नोवेलमा पुगिसक्दा सेनको रोग जटिल भइसकेको थियो।
यता नोवेलमा भर्ना भएकी सेनको उपचारका लागि सामाजिक सन्जाल फेसबुकबाट अगुवा युवाहरु काजी राउत,कमल प्रसाईं,युवस राई,टीकाराम पाठक,भुमी कडरिया लगायतले आर्थिक रकम संकलन गरिरहेका थिए।आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो भने झै नोवेलमै उपचारका क्रममा बुनु सेनले यस धर्तीबाट सदाका लागि बिदा लिइन।अस्पतालको सफल शल्यक्रिया पछी पनि डाक्टरको बुनुलाई बचाउने प्रयास असफल भएको जानकार बताउछन।
गत विहिवार बुनुले यस संसारबाट बिदा लिएर दु:ख लुकाएपनी बाच्ने भने साहाराबिन बने।दुई छोरी टुहुरा भए।दुई छोरीकै भविष्यका लागि पनि अहिले सम्म अर्थिक सहयोग संकलन जारी राखेको अगुवा युवा काजी राउतले बताएका छन।अहिले सम्म २ लाख रुपैयाँ संकलन भइसकेको र १ लाख ५० हजार रुपैयाँ बुनु सेनको उपचारमा खर्च भएको राउतले बताए।अब केही रकम संकलन भए छोरीहरुको लालनपालन र शिक्षामा मलम पट्टि लगाउन सकिन्थ्यो राउतले भने।