Kanakai Online

कनकाईमा टोल विकास समितिको आफ्नै कार्यालय


शनिवार, चैत १४, २०७७ |

कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका ३ को टोल विकास समितिको समेत आफ्नै कार्यालय स्थापना गरिएको छ ।
सम्भवत टोल विकास समितिको समेत आफ्नै कार्यालय भएको जिल्लामै पहिलो भएको दावी गरिएको छ ।
नगरपालिकाले आफ्ना विकास निर्माण र सेवा सुविधा र जानकारीहरु गाउँ गाउँमा पुर्याउनका लागि सबैभन्दा तल्लो निकायका रुपमा टोल विकास समितिलाई प्रयोग गर्दै आएको छ ।
कनकाई ३ को एक नम्बर टोलका रुपमा रहेको अनन्त टोल विकास सस्थाको कनकाई ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरियाले उद्घाटन गर्नुभयो ।
विवेश शिवाकोटीले संचालन गरेको उक्त कार्यक्रममा वार्ड सदस्य छवि थपलिया, समाजसेवी तेजु प्रधान लगायातको आथित्यता रहेको थियो । टोल विकास संस्थाका अध्यक्ष कुबेर शिवाकोटीका अनुसार अव नगरका हरेक गतिविधिहरुलाई जनताको घरघरमा ल्याउन आवश्यक सल्लाह छलफल गर्न सहज हुने छ ।

सम्बन्धित खबर