Kanakai Online

वैशाख ४ देखि कनकाई भेट्रान कप फुटबल


बिहिवार, चैत १२, २०७७ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा आगामी वैशाख ४ गतेदेखि प्रथम कनकाई भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक सुरुङ्गा भेट्टान क्लवका सचिव रमेश मैनालीका अनुसार प्रतियोगितामा प्रदेश नम्बर एकका ८ टिमको सहभागिता रहने छ ।
लामो समयपछि यस प्रतियोगिताबाट कनकाई वाशीले खेलको मज्जा लिन पाउने भएका छन । सुरुङ्गा गोल्डकप पछि यस क्षेत्रमा हालसम्म कुनैपनि ठुला प्रतियोगिता हुन नसकिरहेको वेला सुरुङ्गा गोल्डकपकै झल्को दिने गरि प्रतियोगिताको आयोजन ागर्न लागिएको आयोजक समितिका अध्यक्ष राजेन्द्रप्रसाद खतिवडाले बताउँनुभयो ।
प्रतियोगितामा आयोजक सुरुङ्गा भेट्टान सहित, बिराटनगर , धरान, इटहरी, बिर्तामोड, दुधे, दमक भेट्टानको सहभागिता रहने टिम व्यावस्थापन समितिका संयोजक दिलकुमार कार्कीले बताउँनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार र दोस्रो हुने टिमले नगद ६१ ह्जार रुपैँया पाउने अध्यक्ष खतिवडाले बताउँनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख ६ हजार लाग्ने र मुख्य आयोजक प्रयोजक हरुमा लायन्स क्लव अफ कनकाई , रोटरी क्लव अफ सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी, ज्ञानज्योती युवा क्लव, सहकार्य युवा क्लव र ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गा रहेका छन ।
प्रतियोगिता संचालनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिसकिएको छ जसमा प्रचार प्रसारमा सचिव रमेश मैनालीको नेतृत्वमा छुट्टै समिति बनाइएको छ भने आर्थिक समितिमा कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी बिमलीको संयोजकत्वमा तारा प्रसाई सदस्य रहेको समिति गठन गरिसकिएको छ । मैदान व्यावस्थापनमा समेत कैलास कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । अतिथि सत्कारमा समेत श्यामकुमार राईको संयोजकत्वमा समिति गठन गरिएको छ । टिम व्यावस्थापनमा दिलकुमार कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । सास्कृति संयोजकमा रमेशकुमार कार्कीलाई राखिएको छ ।
प्रतियोगिताको फाइनल खेल भने वैशाख ११ गते हुने छ ।

सम्बन्धित खबर