कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय र कनकाई नगरपालिकाले यस बर्षको होलि मिलन कार्यक्रम आआफ्नै घर परिवारमै मनाउन सबै सग आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गामा भएको भेलाबाट यस्तो निर्णय गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख उदयसंम्सेर जबराले बताउँनुभयो ।
यस बर्ष होली घरमै मनाउने र अनिवार्य मास्क लगाएर मात्रै बजार र संघ संस्था वा बाहिर हिडडुल गर्न सबै कनकाई नगरवाशीमा अनुरोध गर्नुपरेको कनकाई नगरपालिका ४ का वडाअध्यक्ष तथा कनकाई नगर प्रवक्ता समेत रहनुभएका गोविन्द पौडेलले बताउँनुभयो ।
विश्वव्यापि कोरोना महामारी फेरि नेपालमा समेत भित्रिन सक्ने भएकोले यसवारेमा सजगता अपनाउनु परेको कनकाई नगरपालिका १ का वडाअध्यक्ष रोषन पोखरेलले बताउँनुभयो । कोरोना महामारीबाट आफु पनि वाच्न र अरुलाई पनि वचाउन सबै संघ संस्था र कार्यालय तथा बजारको पसल बैँक वित्तिय संस्थाहरुमा सेनेटाइटर वा साबुन पानीले हात धुएर मात्रै प्रवेश गर्न दिन र सामाजिक दुरी कायम गर्न सबै नगरवाशीमा अनुरोध गरिएको कनकाई ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरियाले बताउँनुभयो ।
यस वारेमा कनकाईका ९ वटै वार्डमा प्रहरीले सचेतना तथा कडाई गर्ने समेत निर्णय गरिएको कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले बताउँनुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ