कनकाई अनलाईन
प्रजातान्त्रिक समाजवादका योद्वा सिके प्रसाइकी धर्म पत्नी गिरीराजकुमारी प्रसाईंको मंगलबार बेलुका निधन भएको छ । प्रसाईको आफ्नो निजी निवास बिर्तामोडमा ९० बर्षको उमेरमा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो ।
आफ्ना श्रीमान भरतबाबूसंगै राजनीतिमा आफूपनि प्रत्यक्ष संलग्न गिरीराजकुमारी विगत केहीदिनदेखि अस्वस्थ्य भइ उपचाररत हुनुहुन्थ्यो ।
राजनीतिका साथै पछिल्लो समय समाजसेवा मार्फत सामाजिक रूपान्तरणमा सक्रिय रहनुभएको थियो ।
नेपाली लोकतान्त्रिक आन्दोलन नेपाली जनताका वाक् प्रकाशन स्वतन्त्रता जस्ता लोकतान्त्रिक अधिकार प्राप्तिको लागि आवाज बुलन्द गरे वापत गिरीराजकुमारीका श्रीमान सिके प्रसाईलाई तत्कालीन सरकारले सर्वस्व हरण एवं देश निकालाको कारवाही गर्दा समेत आफ्ना जीवन साथी सिके प्रसाईलाई प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अझ दृढतापूर्वक अघि बढ्न उत्प्रेरित गर्नुहुने एवं आफ्नो सम्पूर्ण जीवन नै राष्ट्र, राट्रियता र लोकतन्त्रका लागि समर्पित गर्नुहुने नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक महिला व्यक्तित्वका रूपमा गिरीराजकुमारीलाई लिइन्छ ।
सिके प्रसाईको राजनीति संगै राजनीतिमा होमिनु भएकी स्व गिरिराज कुमारी २०५१ सालको आम निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा हालका प्रधानमन्त्री केपी शर्मओली सँग प्रतिष्पर्धा गर्नु भएको उहाँ १७ मतको झिनो अन्तरले पराजित हुनुभएको थियो ।
प्रसाईको निधनप्रति नेपाली कांग्रेस झापाले नेपाली राजनीतिको अग्रणी महिला, बिचार, व्यक्तित्व, त्याग र निष्ठाका प्रतिमुर्ति, सरल जीवन जिउन चाहाने सालिन महिला नेतृको निधन भएको जनाएको छ ।
स्व प्रसाई १९८८ साल कार्तिक १७ गते ललितपूरको कुमारीपाटीमा बुबा क्या. गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माईली छोरीका रुपमा जन्मनुभएको थियो ।
स्व. प्रसाईका छोरा बिबेककेशरी बुहारी संगीता, छोरीहरू रमिता र नम्रता सिंह रहनुभएको छ ।
दिवंगत प्रसाईको आजै दिउसो बुधजार दिउसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने पारिवािरक श्रोतले जनाएको ।