Kanakai Online

झापामा हात्ती आतंक ,किसानले लगाएका मकै खेतीमा जंगली हात्तीको रजाई।


मङ्गलवार, चैत १०, २०७७ |

पन्थापाडा,चैत १०।झापा गाउँपालिका-५ मा पर्ने पन्थापाडा क्षेत्रमा जंगली हात्तीको आतंकले यहाँका किसानले लगाएको २० औं बिगाह मकै खेती नष्ट भएको छ।गत ५ गते ७ वटाको समूहमा आएका जंगली हात्तीले किसानका मकै नष्ट गरेको स्थानियले बताएका छन।

पन्थापाडा देखि पुर्व बिरिङ नदी र खयरबारी मेचे टोलमा सयौँ बिगाहमा किसानले मकै लगाएका छन।लहलह परेका मकै बालीमा जंगली हात्तीको उपद्रो छ।कसरी भगाउने स्थानिय वेचन यादवले बताए ´दुई लाख रुपैयाँ साहुबाट ऋण काडेर ३ बिगाह मकै खेती लगाइयो,घोगा लाग्दै गरेको १ बिगाह मकै हात्तीले स्वाहा बनायो हात्ती अझै गएका छैनन,बाँकी मकै नी सखाप पार्ने चिन्ता छ।

मकै र धान वाली बाटै जिविको पार्जन गर्ने किसानको मकै वाली हात्तीले नष्ट गरेपछी चिन्तित छन।अर्का स्थानिय किसान अस्तर आलमको पीडा पनि उस्तै छ।साहु संग ऋण काडेर डेढ बिगाह मकै खेती लगाए अहिले हात्तीले १ विगाह मकै नष्ट गरिसकेको छ।हात्ती नियन्त्रण गर्न यहाँ देखि धपाउन शरणामती प्रहरी चौकीमा गुहार माग्न आएका अन्तु केवरत र सनाउल हुसेनको समस्या पनि उस्तै छ।

१२ बिगाह मकै खेती लगाएका नजुरुल हकले हात्तीले माडेको १ बिगाह जमिन देखाउदै भने हात्ती यहिँ एकसय मिटरको दुरीमा छन।अरु मकै पनि नष्ट गरिदिन्छन कि भन्ने चित्ता छ।हामीलाई अब यस नोक्सानको क्षतिपूर्ति कसले देला उनले प्रश्न गरे।

किसानले जिविकोपार्जनको वालीनै हात्तीले नष्ट गरेपछी क्षतिपूर्ति कसले दिने या नदिने भन्ने अन्यौलमा झन चिन्तित भएको बताए।मकैमा खर्च धेरै छ।अलिकती मुनाफाका लागि यत्रो दु:ख गरियो।सरकारले क्षतिपूर्ति दिए हाम्रो सास आउने थियो एक किसानले बताए।आफ्नो मकै खेती देखाउँदै स्थानिय गणेश मण्डलले भने यहाँ देखि एक सय मिटरको दुरीमा हात्ती छन मकै माडेर आराम गरेर बसिरहेका छन।मकैमा पानी लगाउन पनि त्रास छ।पानी लगाउने बेला भइसक्यो।

७ वटा हात्ती छावा सहित आएका छन।अस्ति मेचे गाउँका मोतिवुर रहमानको भान्सा घर समेत भत्कायो।हात्ती अहिले सम्म यहीँ इलाकामा छन।मानविय क्षति नहोस भनी हामीले गस्तीलाई बाक्लो बनाएका छौ शरणामती प्रहरी चौकी प्रमुख प्रसनी मोहन कुमार तामाङ्गले बताए।

यता किसानलाई क्षतिपूर्ति दिलाउने विषयमा आफुले पहल गरेको वडाध्यक्ष दिनेश राजबंशीले बताएका छन।पिडित किसान वडा कार्यालय आउनु भएको थियो,मैले गाउँपालिकालाई उचित क्षतिपूर्ति दिलाइदिन सिफारिस गरेको छु उनले भने।

अधिकांस कृषीमा आश्रीत झापा गाउँपालिका बासीलाई कहिले यहाँका बिरिङ र कनकाई नदिले सताउछ त कहिले जंगली हात्तीले ।किसानको यो पिडामा कसले मलम नगाइदेला साचै यो विषय सोचनिय छ अगुवा किसान चन्द्र प्रसाद बस्नेतले बताए।

सम्बन्धित खबर