कनकाई अनलाईन\आइपी भट्टराई
झापामा ओली र ग्रैह ओली विच मोर्चावन्दी हुदा ओली पक्षका कार्यकर्ताहरु निर्वाचनमा पराजित हुने गरेका छन ।
केहि समय पहिले पूर्वकै चर्चित जामुनवारी सामुदायिक तथा जामुनखाडी सिमसारमा भएको निर्वाचनमा ओली प्यानलमा भएकै कारण अध्यक्ष विनोदराना लगायातको समुहले नराम्ररी पराजित हुनु परेको थियो । राना ओली को नेकपा एमालेका कनकाई नगर कमिटी सचिव हुन भने ओली निकटकै केन्द्रिय सदस्य एवम प्रदेश सांसद हिरा थापाका पिए पनि हुन । एक माधव झलनाथ खनाल निकट स्थानीय नेताका अनुुसार विनोद राम्रा उम्मेद्धार भएपनि ओली प्रवृतिलाई घुडा टेकाउनका लागि भएपनि अर्को समुहका उम्मेद्धारलाई मतदान गर्नुपरेको हो । यस निर्वाचनमा ओली पक्षधरका प्राय सबै उम्मेद्धारले हार व्यहोर्नु परेको थियो ।
यता कनकाईकै सुकेडाँगी सामुदायिक वन समुहमा समेत ओली पक्षिय नेताहरुले अध्यक्षमा उम्मेद्धार उठाएका कमल ढकालले नराम्ररी पराजित हुनुपर्यो । त्यो पनि माओवादी केन्द्रकी उम्मेद्धारसग ओली पक्षिय नेताले कांग्रेस समेतको सहमतिमा आफ्नो उम्मेद्धारी दर्ता गराएका थिए । झलनाथ खनाल पक्षिय उम्मेद्धार गंगा ढुङ्गेललाई समेत उम्मेद्धारी फिर्ता गर्न लगाएका थिए तर ओली पक्षिय उम्मेद्धार बनेकै कारण ढकाल नराम्ररी पछारिनु पुगे । ढकालले महिला उम्मेद्धार समेत रहेकी शान्ता उपाध्यायसग ८५ मतले पराजित हुनुपर्यो ।
यता जुकेखाडी सामुदायिक वन समुहमा समेत ओली र ग्रैह ओली पक्ष बिच भएको निर्वाचनमा अध्यक्ष लगायात सबै मेजर पोष्टमा कांग्रेस, माओवादी र झलनाथ माधव प्यानलका उम्मेद्धार बिजयी बने । पछिल्लो समय अदालतको आदेशबाट झलनाथ, माधव र ओली एउटै पार्टी बनेपनि यसको सबैभन्दा ठुलो असर माधव झलनाथ पक्षलाई परेको छ । उनीहरु खुलेरै माओवादी र कांग्रेस पक्षमा लाग्न र उम्मेद्धारी दिन पाउदैनन तर उनीहरुको मुख्य भुमिका भनेकै ओली पक्षका उम्मेद्धारलाई हराउन आर्थिक देखि सबै सहयोग जुटाउनमा हुने गरेको छ । माधव नेपाल पक्षिय एक नेकपा एमालेका नेता भन्छन ओली पक्षका उम्मेद्धारले हार्दा पनि प्रतिगमन आधा सच्चिएकै भान हुने गरेको छ ।
खासमा ओलीका कार्यकर्ताहरुले ठुला ठुला ओलीका तस्वीर र मुर्ति लिएर आन्दोलनमा सहभागि हुन थालेपछि यो कदम मन नपराउने शक्तिविच मोर्चाबन्दी सुरु भएको माधव पक्षिय एमालेको बुझाई छ ।