कनकाई अनलाईन
चैत, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले आफू अब राजनीतिमा फर्किने बताएका छन् । शुक्रबार राजीनामा घोषणा गरेका उनले अब बाँकी जीवन राजनीतिमै लगाउने बताएका हुन् ।
महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरेर खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको जानकारी गराए । ‘प्रधानमन्त्रीलाइृ भेटेर राजीनामा दिएर आएको छु’ उनले भने ‘प्रधानमन्त्रीसँग छलफल गरेर यो ९राजीनामा० गरेको छु ।’
उनले अघि भने ‘ विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु ।’
पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
उनी झापा २ बाट एमाले पार्टीबाट उम्मेद्धारी दिने बताइएको छ ।