आईपी भट्टराई
भोली हुने झापा कनकाई नगरपालिका २ सुकेडाँगी सामुदायिक वनको निर्वाचन स्वच्छ र सभ्य बनाउन आग्रह गर्दै स्थानीय सक्षम युवा क्लव सुकेडाँगीले खबरदारी र्याली निकालेको छ ।
क्लवका अध्यक्ष कपिल विश्वकर्मा लगायात अन्य सदस्यहरु सम्मिलित र्यालीले हाम्रो होइन राम्रोमा मतदान गरौ । पार्टीलाई होईन ब्याक्तिलाई छानौ , वनमा हुने राजनितिकरण बन्द गरौ पार्टीको गुटबन्धीलाई अन्त्य गरौ । भ्रष्टाचार मुक्त समाजको निर्माण गरौ लगायातका नारा लगाउँदै घरघरमा पुगि सबै उपभोक्तालाई सचेत गराएका हुन ।
युवा क्लवका सदस्यहरुले घरघरमा पुगि कुनै लोभलालच र प्रलोभनमा नपरि आफुले चाहेको व्याक्तिलाई मतदान गर्न समेत आव्हान गरेका छन ।
भोली हुने निर्वाचनमा सुकेडाँगी सामुदायिक वनका ५४६ जना घरधुरीले मतदानमा सहभागि हुदै छन ।
निर्वाचनमा अध्यक्षमा छाता चुनाव चिन्हमा शान्ति उपाध्याय र चश्मा चुनाव चिन्हमा कमल ढकालबिच भीडन्त हुदै छ भने उपाध्यक्षमा लालबहादुर राई घडी र तीर्थ श्रेष्ठ भाले चुनाव चिन्हमा प्रतिस्पर्धामा रहनुभएको छ ।
यसअघि सचिवमा गोमादेवि बोहोरा –निरौला ) सहसचिवमा खिलनाथ गुरागाई र कोषाध्यक्ष पत्रकार आईपी भट्टराई सर्बसम्मत हुनुभएको छ । सदस्यहरुमा समेत सर्बसम्मत भएपछि वनमा दुई मुख्य पद अध्यक्ष र उपाध्यक्षमा मात्रै निर्वाचन हुने भएको निर्वाचन समितिका सदस्य घनश्याम मैनालीले कनकाई अनलाईनलाई बताउँनुभयो