Kanakai Online

सुरुङ्गामा कोचाकोच गाईवस्तु ओसार प्रसारमा रोक


बुधवार, चैत ४, २०७७ |

कनकाई अनलाईन
गाईबस्तु ओसार प्रसारमा साना ठुला सवारीमा कोचेर लैजादा न्युनत्तम मापदण्ड समेत नपुर्याएको भन्दै यहाँका स्थानीय युवाले यसप्रकारका गाडीलाई रोकेर फिर्ता पठाएका छन ।
पश्चिम नेपाल तथा झापाका विभिन्न पशु चौपाय बजारबाट पशु
चौपायाहरु खरिद गरि अन्यत्र लैजादा कच्ची बाटोमा समेत आवश्यकताभन्दा वढी पशुचौपाय कोचेर हाल्दा चौपायलाई चोट लागेको र लामो समयसम्म सवारीमा राख्दा चौपाय घाईते हुने र मर्ने भन्दै यसरी मापदण्ड बिपरित चौपाय ओसारप्रसारमा रोक लगाइएको स्थानीय युवा ज्ञानेन्द्र चुडालले बताउँनुभयो ।
यसैबिच विना मापदण्ड पशु चौपाय ओसार प्रसार गरिएको पाइएपछि यसबारेमा इलाका प्रहरी कार्यालय सुरुङ्गामा सर्बपक्षिय छलफलपछि न्युनत्तम मापदण्ड पूरा गरेर मात्रै पशु चौपाय ओसार प्रसार गर्ने सहमति भएको प्रहरीले जनाएको छ ।
झापा तथा नेपालकै बिभिन्न बजारबाट खरिद गरिएका पशुचौपायहरुलाई व्यापारीहरुले साना ठुला सवारीमा ओसार प्रसार गर्दै आएका छन ।


फोटो ः कनकाई नगरपालिका ४ इलुवावारीमा मापदण्ड बिपरित पशु ओसार प्रसार गरिएको भन्दै रोकि राखिएको चौपाय लोड गरिएका सवारीहरु

सम्बन्धित खबर