कनकाई अनलाईन
कनकाई नगरपालिकामा संचालित प्रथम लिटिल आइडल कनकाईको उपाधि देवकोटा एजुकेशन फाउण्डेशनकी नेरिका राईले जित्नु भएको छ ।
सुरुङ्गा डान्स सेन्टरको आयोजनामा आज जेसिज भवनमा आयोजित कार्यक्रममा बाबाको मायालाई कसरी बर्णन गर्नुहुन्छ भन्ने निर्णायको प्रश्नको उत्तर दिदै राईले आइडलको उपाधि सहित १५ हजार नगद र ताज समेत जित्नुभयो ।
प्रतियोगितामा नवयुग शिक्षा निकेतनका ऋदम श्रेष्ठ दोस्रो र प्यारागन एकाडेमीका हर्सित गुप्ता तेस्रो हुनुभयो । उहाँहरुले समेत प्रमाणपत्र र ताज पाउनुभयो ।
प्रतियोगितामा प्यारागनकै प्रज्ञा ढुङ्गेल र प्रेक्षा बस्नेत देवकोटाकै प्राप्ति भट्टराई र नवयुगकै आयुसी खड्का फाइनल राउण्डमा पुग्नुभएको थियो । फाइनल राउण्डबाट टप थ्री छनौट गरिएको हो ।
प्रतियोगिताको निर्णयकहरुमा बरिष्ठ नृत्य निर्देशक एलसी श्रेष्ठ, मोडल युनिसा घिमिरे, नृत्य निर्देशक राज सुब्बा लावती र अन्जली माझि रहनुभएको थियो ।
बिजयी प्रतियोगिलाई आयोजक सुरुङ्गा डान्स सेन्टरका प्रमुख अमन गुप्ता, स्मार्ट मटेश्वरीका पिन्सिपल राम लामा लगायातले पुरस्कार तथा ताज प्रदान गर्नुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, वार्डनम्बर ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, कार्यपालिका सदस्य नवलकिशोर दत्त, कनकाई नगर प्यासन अध्यक्ष बिनोद सुब्बा लगायातको आथित्यता रहेको थियो ।
कार्यक्रमको संचालन पत्रकार अनुप भण्डारीले गर्नुभएको थियो भने स्वागत सुरुङ्गा डान्स सेन्टरका उपाध्यक्ष बिराज राईले गर्नुभएको थियो । कार्यक्रममा चर्चित गायिका प्रज्ञा जोशी लागायातले सास्कृतिक प्रस्तुती राखेका थिए ।
आइडलको सहयोगी संस्थाहरुमा एमजे डान्स सेन्टर सुरुङ्गा, पुजा डान्स सेन्टर सुरुङ्गा, झापा जिल्ला नृत्य कलाकार संघ, कनकाई सास्कृतिक कला प्रतिष्ठान, सोनी साउण्ड सर्भिस र लक्ष्मी फोटो स्टुडियो सुरुङ्गा रहेको छ ।