रुहीमारी,चैत १।झापा गाउँपालिका-४ मा रहेको मदरसा इस्लामियाँ रुहीमारीले वार्षीकोत्सव कार्यक्रम सम्पन्न भएको छ।आधारभुत तह सम्म पठनपाठन हुने मदरसामा विविध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरिएको हो।
मदरसाका व्यवस्थापन समितिका अध्यक्ष साजेमान सेखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा गाउँपालिका शिक्षा समिती सदस्य यासिन आलमको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा मदरसाका जग्गा दाता गुलावर विन मियाँ,पुर्व वि.व्य.स अध्यक्ष फरमान सेख लगायतको आथित्यता रहेको थियो।
कार्यक्रममा मदरसाका छात्रछात्राले गीत,गजल प्रस्तुत गर्नुका साथै वक्तृत्वकला समेत प्रस्तुत गरेका थिए।त्यस्तै कार्यक्रममा उत्कृष्ट छात्रछात्रालाई पुरुस्कार समेत वितरण गरिएको थियो।
वार्षिकोत्सबकै अवसर पारेर मदरसाको आर्थिक वर्ष २०७६-०७७ को आम्दानी र खर्च विवरण समेत सार्वजनिक गरिएको छ।आ.व ०७६-०७७ मा मदरसाको आम्दानी २४ लाख ८९ हजार ८६४ रहेको छ भने खर्च २० लाख २८ हजार ८५६ रहेको छ जसमा ४ लाख ६१ हजार ८ रुपैयाँ मौजाद रहेको लेखा संयोजक साम महमदले जानकारी दिए।
झापा गाउँपालिकामा रहेका १८ वटा मदरसा मध्ये रुहिमारी मदरसा आधारभुत तहको र बाँकी सबै प्रावी तहका मदरसा रहेका छन।रुहिमारीमा कुल २४५ छात्रा र १०५ छात्र पठनपाठन गर्ने गरेको अध्यक्ष सेखले बताए।