Kanakai Online

मोती पत्रकारिता पुरस्कार गोछेलाई केटो गीतालाई


शनिवार, फागुन २९, २०७७ |

कनकाई अनलाईन
नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित मोतीराम पत्रकारिता पुरस्कारबाट झापाका पुराना पत्रकार गोविन्दचन्द क्षेत्री र केटो पत्रकारिता पुरस्कारबाट पत्रकार गीता ढुङ्गाना पुरस्कृत हुनु भएको छ ।

शनिबार बिर्तामोडमा आयोजित पुरस्कार वितरण कार्यक्रममा क्षेत्री र ढुङ्गानालाई उक्त पुरस्कार नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पूर्वअध्यक्ष शिव गाउँले पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले प्रदान गर्नुभयो ।
मोती पुरस्कारको राशी ५१ हजार र केटो पत्रकारिता पुरस्कारको राशी १५ हजार रुपैँया रहेको छ । नेपाल पत्रकार महासंघ झापाद्धारा हरेक ३÷३ बर्षमा दुबै पुरस्कार प्रदान गरिदै आएको छ । मेची अंञ्चलकै पुरानो पत्रिका केटोको नामबाट केटो पुरस्कार बितरण गरिदै आएको छ । मोतीराम पत्रकारिता पुरस्कार पाउने क्षेत्र झापाकै जेष्ठ पत्रकारका रुपमा चिनिनुहुन्छ उहाँ हाल ७७ बर्षमा पनि सक्रिय पत्रकारितामा रहनुभएको छ । क्षेत्री ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाको झापा संवाददाताको रुपमा काम गरिरनुभएको छ भने स्थानीय सन्दर्भ साप्ताहिकको सम्पादक प्रकाशक समेत रहनुभएको छ ।

केटो पत्रकारिता पुरस्कार पाउने ढुंगाना हिमशिखर टेलिभिजनमा कार्यरत युवा पत्रकार हुनुहुन्छ । कार्यक्रममा पत्रकार महासंघका नयाँ सदस्य प्राप्तकर्तालाई विशेष प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खबर