Kanakai Online

झापाको झिलझिलेमा ३५ करोडको लगानीमा वाटर पार्क संचालनमा


शुक्रवार, फागुन २८, २०७७ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा ३५ करोडको लगानीमा वाटर किङडम पार्क संचालनमा आएको छ ।
बुधबार देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक राजकुमार संग्रौलाले बताउनुभयो ।

साढे २ बिगाह जमिनमा फैलिएको यस पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका खेलहरु स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड रहेको र यसबाट आन्तरिक तथा बाह्य पर्यटकहरुले भरपुर मनोरञ् जन लिन सक्ने संग्रौलाले बताउँनुभयो ।

बच्चाहरूका लागि छुट्टै किड्स जोन र सिक्स्पा पार्क र बुढापाकाहरुका लागि विश्राम चौतारी समेत संञ्चालनमा ल्याइएको संचालकले जनाएको छ । युवायुवतीका लक्षित गरि पार्क संचालनमा ल्याएको भएपनि केटाकेटी र बृद्धबृद्धाका लागि समेत पार्कमा छुट्टै मनोरञ्जनात्म खेल तमासाहरु राखिएको जनाइएको छ । पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएको र पार्कमा पर्यटकका लागि ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा ल्याइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण गरिएकोमा ‘एउटा भवनमा पार्टी प्यालेस सञ्चालन हुने र अर्को भवनमा आगन्तुक पाहुनाको आवास हुन्छ ’ सञ्चालक संग्रौलाले बताउँनुभयो ।

पूर्व घुम्न आउने पर्यटकका लागि शिवसताक्षी नगरको वाटर किङडम पार्क उत्कृष्ट रोजाइ बन्नेमा संग्रौलाको भनाई छ ।
शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलहरू सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा पार्कभित्रका वालहरूमा देख्न मिल्ने बनाइएको छ भने विभिन्न जातजातिका झाँकीहरू पनि पार्कभित्र आउने सर्वसाधारणले सहजै देख्न सक्ने गरि राखिएको छ ।
पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने संचालक संग्रौलाले बताउँनुभयो । संचालक संग्रौलाले भन्नुभयो ‘यहाँ आउने आन्तरिक तथा बाहिय पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पु¥याएर मनोरञ्जन दिलाइने योजना छ । पूर्वी नेपाल घुम्न आउने भारतका कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता तथा बंगलादेश र भुटानबाट समेत पार्कमा घुम्न बाह्य पर्टकहरु तथा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका आन्तरिक जिल्लाबाट पर्यटकहरु आउने संचालकको विश्वास छ ।

पूर्व–पश्चिम राजमार्गको शिवसताक्षी ८ झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा रहेको पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको फोटो खिच्ने, टिकटक बनाउने र सामाजिक संजालमा राख्न सर्बसाधरणको घुइँचो लाग्ने गरेको छ ।

सम्बन्धित खबर