कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापामा जिल्ला पार्टी कार्यालय पुनःस्थापना गरेको छ । नेपाल कम्ष्युनिट पार्टी (नेकपा) पार्टी विभाजन भएपछि माओवादी केन्द्रले पनि झापामा जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।
बिर्तामोड–१ स्थित गौरीशंकर स्मृति प्रतिष्ठान रहेको भवनमै शुक्रवार जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको हो । पार्टी कार्यालय सञ्चालन साथै पार्टीको साइन बोर्ड राखेर पार्टी कार्यालय औपचारिक उद्घाटन गरिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेको अखिल नेपाल ट्रेड युनियन प्रदेश इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य रेवतराज पुरी (गगन), ज्योतीसिंह दर्लामी, विद्यार्थी नेता, युवा, मजदुरलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन पूर्व झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा