Kanakai Online

कनकाई नगरपालिका ५ नम्बर वार्ड आफ्नै भवनमा


बिहिवार, फागुन २७, २०७७ |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिकाको ५ नम्बर बार्ड कार्यालय आफ्नै भवनबाट संचालन सुरु भएको छ ।
यसअघि वार्ड कार्यालय भाडाको घरमा संचालन हुदै आएकोमा कनकाई नगरपालिका र स्थानीय उपभोक्तबाट ७१ लाख रुपैयाको लागतमा दुईतले भवन बनाएर आफ्नै भवनबाट सेवा सुरु गरिएको कनकाई नगरपालिका ५ का वार्डअध्यक्ष कृष्ण राईलेब ताउँनुभयो । आधारभुत स्वास्थ्य सेवा सहितको भवनको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल उपप्रमुख मन्जु प्रसाई लगायातले उदघाटन गर्नुभयो ।


यस अघि कनकाई नगरपालिकाका अन्य वार्डहरु २,३ र ९ नम्बर बार्डको भवन समेत निर्वाण भइसकेर आफ्नै भवनमा सेवा संचालन भइसकेको तथा अन्य वार्डको समेत भवन निमार्ण धमाधम भइरहेको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । कनकाई नगरपालिकामा ९ बटा बार्ड रहेका छन ।
नयाँ भवन र आधारभुत स्वास्थ्य सेवा केन्द्रको उक्त भवन विपि वन बाटिकाको जमिनमा निर्माण गरिएको हो ।
नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख पोखरेल, उपप्रमुख मन्जु प्रसाई, वार्डअध्यक्ष कृष्ण राई, रुद्रप्रसाद चिमरिया, कार्यपालिका सदस्य नवलकिसोर दत्त, पुर्व जनप्रतिनिधि गोकर्ण प्रसाद ओझा, नगर प्यासनका अध्यक्ष बिनोद सुब्बा, शिक्षा सेवी ओम पाठक, माकुरा समुहका हेमराज बिमली, नेकपा एमालेको वार्ड अध्यक्ष पुण्यप्रसाद ओझा, स्वास्थ्य साखा प्रमुख खगेन्द्र दंगाल लगायातले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन वडा सचिव डिल्ली विक तथा स्वागत कार्यपालिका सदस्य सावित्रा बर्देवाले गर्नुभएको थियो ।

सम्बन्धित खबर