आइपी भट्टराई
सुकेडाँगी सामुदायि वन समुह कनकाई २ को आगामी चैत्र ५ गते हुने निर्वाचनमा दुई समुहविच चुनावी भीडन्त हुने भएको छ ।
अध्यक्षमा यस अघि नेपाली कांग्रेसका उम्मेद्धारले उम्मेद्धारी दिनबाट पछि हटेपछि ओली निकट नेकपा र माधव प्रचण्ड निकट नेकपाका पक्षविच र स्वतन्त्र उम्मेद्धारले अध्यक्षमा उम्मेद्धारी दर्ता गराएकामा माधव प्रचण्ड निकट एक उम्मेद्धारले उम्मेद्धारी दर्ता फिर्ता लिएसगै ओली निकट नेकपा र र स्वतन्त्र उम्मेद्धारविच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
माधव निकट नेकपा पुन एमालेमै मिल्न गएसगै नैतिक संकट देखिएको भन्दै माधव निकट मानिने गंगा ढुङ्गेलले उम्मेद्धारी फिर्ता लिएका हुन । अब निर्वाचनमा नेकपा एमाले निकट अध्यक्षमा कमल ढकाल र अर्की स्वतन्त्र उम्मेद्धार शान्ति उपाध्याय घिमिरेविच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।
ढकाल यस अघि पनि उपाध्यक्ष संचालन गरिसकेका हुन भने शान्ति उपाध्यक्ष यस अघि सहारा नेपाल आइओएम लगायातका विभिन्न एनजिओहरुमा काम गरिसक्नुभएको छ ।
कसलाई सुकेडाँगीका उपभोक्ताहरुले मन पराउँछन यो भने चैत्र ५ गतेको निर्वाचनले बताउँला । उपाध्यक्षमा समेत तीर्थ श्रेष्ठ र लालबहादुर राई बिच चर्को प्रतिस्पर्धा देखिने भएको छ ।