कनकाई अनलाईन
झापा कनकाई नगरपालिकाभित्र छलिएर रहेका वालवालिकाहरुको क्षमता अभिवृद्धिका लागि लिटल आइडल कनकाई २०२१ का प्रतिस्पर्धीहरुले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कनकाई नगरपालिका १ मा रहेको सुस्त मनस्थिति सरोकार समाजका रहेका अनाथ वालवालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन ।
प्रतिस्पर्धामा सहभागि वालवालिकाहरुले दुर्गापुरस्थित मोक्ष क्याफेमा फोटो सुट गर्नुका साथै अनाथ वालवालिकाभएको समाजमा गई खाद्यान्न सहयोग गरेको आयोजक सुरुङ्गा डान्स सेन्टरका प्रोपाइटर अमन गुप्ताले बताउँनुभयो ।
प्रशिक्षकहरु अनुप भण्डारी , विराट राई, आरती गौतमका साथै लिटल आइडलका सहभागिहरु हर्सित गुप्ता, रिदम श्रेष्ठ, नेरिका राई, आरुसी खड्का, सृष्टि खडका, शुसान्त गड्तौला,प्रज्ञा ढुङ्गेल, आरुषी खड्का, निर्जला सेन्चुरी, प्राप्ति भट्टराई, आदित्य अधिकारी, रियाना सुवेदी, आयुष्मा चिमरिया र प्रज्ञा बस्नेतले कनकाईमा रहेको सरोकार समाजका वालवालिकालाई खाद्यान्न सहयोग गरेको हो ।
वालवालिकाहरुलाई सानैदेखि आफ्नो जिम्मेवारी वहन गर्न र समाजप्रति उत्तरदायि बनाउन सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्र्तगत सो कार्यक्रम राखिएको गुप्ताले बताउँनुभयो ।
कोरोना महामारीका बिच वाललालिकाहरुको अध्यान मात्रै नभएर हरे वौद्धिक र शारीरिक क्षमतामा समेत असर गरेको भन्दै वालवालिकाहरुको क्षमतालाई अगाडि ल्याउनका लागि यस प्रतियोगिताको आयोजना गरिएको प्रशिक्षक भण्डारीले बताउँनुभयो । हाल यस प्रतियोगिताको अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरु बन्द प्रशिक्षणमा रहेको समेत गुप्ताले बताउँनुभयो । बिजेताहरुले नगद पुरस्कारको साथै टाइटल अवार्ड, कभर भिडियो खेल्ने अवशर, फ्रि डान्स कक्षा, ट्राफि र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
आइडलको सहयोगी संस्थाहरुमा एमजे डान्स सेन्टर सुरुङ्गा, पुजा डान्स सेन्टर सुरुङ्गा, झापा जिल्ला नृत्य कलाकार संघ, कनकाई सास्कृतिक कला प्रतिष्ठान, सोनी साउण्ड सर्भिस र लक्ष्मी फोटो स्टुडियो सुरुङ्गा रहेको छ ।