कनकाई अनलाईन
सेञ्चुरी कमर्सियल बैंक बिर्तामोड शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सेञ्चुरी कमर्सियल बैंकको दशौं वार्षिकोत्सवको अवसरमा झापामा भइरहेको रगतको अभाव टार्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सेञ्चुरी कमर्सियल बैंक बिर्तामोड शाखाका प्रवन्धक अजेश मण्डलले जानकारी दिए ।
रगतको अभावमा समस्यामा परेका विरामीहरुको जीवन रक्षा गर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा बिर्तामोडस्थित वनस्टप मलमा भएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको उनले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले ७४ औं पटक र ओमकुमार भूजेलले ५१ औं पटक रक्तदान गरेको बताइएको छ ।
सरल बैंकिङ सवैका लागि भन्ने नाराका साथ स्थापना गरिएको सेञ्चुरी कमर्सियल बैंकले एक सय २२ वटा शाखा, १० वटा एक्टेन्सन काउन्टर, २१ वटा व्रान्चलेस बैंकिङ , ८८ वटा एटीएम सेवा मार्फत बित्तिय सेवा प्रदान गरिरहेको बताइएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा