कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ९ मा मंगलवार यात्रुवाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने एकजना घाइते बनेका छन ।
पूर्वपश्चिम राजमार्ग अन्तरगर्त शिवसताक्षी नगरपालिका ९ मा मंगलवार विहान १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख २७४६ नम्बरको यात्रुवाहक बसले बिपरित दिशाबाट आइरहेको को ३८ प ४१९४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक इलाम चुलाचुली गाउँपालिका ४ बस्ने ३८ बर्षिय राजेन्द्र देवानको मृत्यु भएको छ भने स्कुटरको पछारि सवार सोही स्थान बस्ने बर्ष ४० का पुर्ण राई घाइते बन्नुभएको छ उहाँको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
बस र स्कुटर ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको साथै घट्ना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा