इन्द्रप्रसाद भट्टराई (आइपी)
सुकेडाँगी सामुदायिक वन समुहको आगामी चैत ५ गते हुने निर्वाचनमा नेकपाका दुई खेमा बिच निर्वाचन हुने निश्चित भएको छ । लामो समयदेखि नेतृत्वमा रहदै आएको नेपाली कांग्रेस निकट उम्मेद्धारले अध्यक्षमा उम्मेद्धारी नदिएपछि नेकपा समर्थित उम्मेद्धारबिच निर्वाचन हुने देखिएको हो ।
नेकपा समर्थित ३ उम्मेद्धाराहरु गंगाप्रसाद ढुङ्गेल, कमल ढकाल र शान्ति उपाध्याय घिमिरेले उम्मेद्धारी दिएका हुन । उम्मेद्धारहरु तीनै जना नेकपा निकट हुन । उनीहरु नेकपाका विभिन्न फरक गुटका उम्मेद्धार हुन । यद्यपि तीनजना मध्ये एक जनाले उम्मेद्धारी फिर्ता लिएमा निर्वाचन नेकपाकै दुई गुटविच हुने देखिएको छ भने दुई जनाले फिर्ता लिएमा नेकपाकै उम्मेद्धार अध्यक्षमा बिजयी हुने निश्चित देखिएको छ ।
यसैबिच १७ पदको निर्वाचनमा आज भएको मनोनयनमा २० जनाले मात्रै उम्मेद्धारी दिएका छन । १२ सदस्य पदमा ११ जनाले मात्रै उम्मेद्धारी दिएपछि सदस्य पदमा सर्बसम्मत हुने निश्चित देखिएको छ ।
यस बाहेक सचिव पदमा समेत एक जना गोमादेवि बोहोराको मात्रै उम्मेद्धारी परेको कारण उहाँपनि निर्विरोध हुनु भएको छ । यस बाहेक कोषाध्यक्ष पदमा समेत पत्रकार आइपी भट्टराईको मात्रै उम्मेद्धारी परेपछि उहाँपनि निर्विरोध हुनुभएको छ । भट्टराई कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका संस्थापक सहसम्पादक रहनुभएको छ । उहाँ राष्ट्रिय कलाकार र मार्शल आटर्सका खेलाडी समेत हुनुहुन्छ ।
यसवाहेक उपाध्यक्षमा तीर्थबहादुर श्रेष्ठ र लालबहादुर राई बिच प्रतिस्पर्धा हुने देखिएको छ । सहसचिवमा समेत खिलनाथ गुरागाईँ र गोविन्द पौडेलबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
यता सदस्यहरुमा भोला नारायण श्रेष्ठ, टिकाराम गुरुङ्ग, लोकनाथ दुलाल, प्रेमप्रसाद ढुङ्गेल, हरिप्रसाद ओली, मिनाकुमारी दर्जी, राजेश्वरी कोइराला रिसाल, धनबहादुर वन, मोहनप्रसाद ढुङ्गेल, मैयाकुमारी चौहान र गंगाप्रसाद घिमिरे सर्बसम्मत भएका हुन । यद्यपि सदस्य सचिव र कोषाध्यक्षको निर्वाचन समितिले अन्तिम निर्णय गर्न भने बाकी छ ।
यता नेकपाका तीन उम्मेद्धार भएसगै कनकाईका नेकपाका नेतृत्वको क्षमताको परिक्षण हुने समय आएको समेत नेता कार्यकर्ताले बताउँदै आएका छन । आफु यस अघि वन समुहमा अध्यक्ष चलाइसकेको र अघिल्लो कार्यकालमा ३ मतले मात्रै हारेको भन्दै अध्यक्षका प्रत्यासी गंगा ढुङ्गेलले पार्टीका नेतृत्वसग आक्रोस पोख्नु भएको छ । मलाई मुला एक भोट त होन ीभनेर एक कल फोन पनि गरिएन ४ दिन अघिसम्म तपाई हाम्रो अध्यक्ष हो छाडनुहुन्न भन्दै उचाले तीनै नेताले एक कल फोन समेत नगरि ममाथि अन्याय गर्न खोजे कनकाई सग ढुङ्गेलले बताउँनुभयो । यता अर्का अध्यक्षका उम्मेद्धार आफु नेकपा, कांग्रेस लगायात सबै दलले सर्बसम्मत रुपमा अध्यक्षको उम्मेद्धार बनाएको कमल ढकालले कनकाई अनलाईन सग बताउँनुभयो । यद्यपि उम्मेद्धारी फिर्ताको समय समेत फागुन २६ गतेसम्म रहेकोले केहि नेताहरु सर्बसम्मतको पहल समेत थालिरहेकोले नेताको सचेत पहल भएमा निर्वाचन नहुने निश्चित देखिएको छ ।