Kanakai Online

सुखानी शहिदको प्रधानमन्त्रीसँग गुनासै गुनासो


शुक्रवार, फागुन २१, २०७७ |

कनकाई अनलाईन
झापा ईलामको सिमानामा जेल सार्ने बहानामा तत्कालिन पंञ्चायती शासकद्धारा हत्या गरिएका शहिदका परिवारजनले प्रधानमन्त्री ओलीले शहिदको भावनासग खेलवाड गरेको गंम्भिर आरोप लगाएका छन ।


आज सुखानीमा नेकपाद्धारा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै २०२९ सालमा हत्या गरिएको नेत्र घिमिरेकी छोरी दिव्या घिमिरेलले सुखानीका ५ शहिदका सहकर्मी बर्तमान सरकारका प्रधानमन्त्रीले शहिदले बगाएको रगतमाथि अपमान गर्दै हालसम्म पाएको उपलब्धीलाई तुहाउने काम गरेको आरोप लगाउँनुभयो । आफ्ना पिताको नामबाट खोलिएको सुखानी शहिद प्रतिष्ठानबाट आफु प्रचण्ड माधव समुहको कम्युनिष्ट पार्टीलाई समर्थन गरेको भन्दै प्रतिसोध साध्ने काम गरिएको भन्दै शहिद परिवारसग केपी सरकार टाडिएको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै २०२८ सालको झापा विद्रोहमा जेल ब्रेक गर्ने साहसी योद्धा तथा नेकपाकी केन्द्रिय सदस्य गौरा प्रसाईले कम्युनिष्ट मात्रैको दुई तिहाईको सरकार हुदाहुदै पुन जनमत माग्न भन्दै ओली सरकारले चुनावको अभिनय गरेर मुलुक हसाएको टिप्पनी गर्नुभयो ।


यसैबिच
तत्कालिन पंञ्चायती शासकद्धारा झापा र इलामको सिमामा २०२९ सालमा जेल सार्ने बहानामा हत्या गरिएका ५ सहिदको श्रद्धाजलीसभामा झापा बिद्रोहका सहिदका परिवार र जनयुद्धमा झापामा मारिएका परिवारलाई सामुहिक रुपमा सम्मान गरिएको छ ।


नेकपा झापा जिल्ला माधव प्रचण्ड समुहको आयोजनाम भएको कार्यक्रममा तत्कालिन शासकद्धारा सुखानीमा हत्या गरिएका नेत्र घिमिरेकी श्रीमती तथा संविधानसभाकी सदस्य जीवन घिमिरे, छोरी दिव्य घिमिरे, कृष्ण कुइकेलका भाई सूर्य कुइकेल, रामनाथ दाहालकी श्रीमती शान्ता दाहाल , नारायण श्रेष्ठका दाजु सन्तकुमार श्रेष्ठ, तत्कालिन जनयुद्धमा झापाबाट सहादात पाउने तथा वेपक्ता हुने परिवारहरु प्रेम श्रेष्ठका पिता गणेश श्रेष्ठ, दिनेश पौड्यालका पिता निर्मल पौड्याल, शंकर खपाङ्गीका माता यमुना खपाङ्गी, रामबहादुर बुडाथोकीका बुबा मोतीराम, दिपक इजमकी आमा हर्कमाया लिम्बु लगायात ८६ जना सहिदका परिवारलाई सामुहिक सम्मान गरिएको हो । नेकपाकी केन्द्रिय सदस्य तथा तत्कालिन झापा बिद्रोहकी योद्धा तथा नख्खु जेल ब्रेकर गौरा प्रसाई, नेकपाका केन्द्रिय सदस्य रविन कोइराला , नेकपा झापाका अध्यक्ष वेदराज रेग्मी , सचिव मणिकुमार साम्पाङ्ग बिजय, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना लगायातले दोसल्ला ओड्याएर सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।
यता नेकपा ओली पक्षद्धारा शुक्रवार विहान श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, संघिय सांसद एलपी साँबालिम्बु लगायातले सम्बोधन गर्नुभएको थियो ।
उक्त समुहको भव्य कार्यक्रम गर्न प्रसार प्रसार गरिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायातका वक्ता प्रधानमन्त्रीको काठमाण्डौमा विप्लप समुहसगको बार्ता कार्यक्रमका विच नआउने भएपछि विहान ८ बजे स्थानीय नेताकै उपस्थितिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको नेकपा झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले बताउँनुभयो । अन्य पालिकाहरुमा समेत शहिदका शालिकहरुमा माल्यापण गरि सहिद दिवश मनाइएको पाठकले बताउँनुभयो ।

सम्बन्धित खबर