लीराराज झापाली
नेपाल कम्युष्टि पार्टीको मक्का मदिनाका रुपमा मानिदै आएको झापा र इलामको सिमाना पर्ने सुखानीमा आज नेकपाका दुवै पक्षले आआफ्नो कार्यक्रम गरि मनाउने भएका छन ।
विंं स २०२९ साल फागुन २१ गते तत्कालिन पंञ्चायती शासकहरुले त्यसबेला झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा सुखानीमा लगि नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई गोली हानेर हत्या गरेको थियो । ५ जना योद्धाले सहादत प्राप्त गरेको उक्त स्थानलाई कम्युनिष्टहरुले आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन । हरेक बर्ष फागुन २१ गते कम्युनिष्टहरुले आआफ्नो कार्यक्रम गर्दै आएका छन । २ बर्ष पहिले उक्त स्थानमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको थियो । त्यसपछि भने कोरोना महामारीका कारण सामान्य माल्यापर्ण गरेर श्रद्धाञ्जली सभा गरिएको थियो । यस बर्ष दुई नेकपाले अलग अलग समयमा श्रञ्द्धाजली सभाको आयोजना गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायातका वक्ता आउने भनी प्रचार गरिएको एक पक्षिय नेकपा भने प्रधानमन्त्रीको काठमाण्डौमा विप्लप समुहसगको बार्ता कार्यक्रमका विच नआउने भएपछि विहान ८ बजे स्थानीय नेताकै उपस्थितिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको नेकपा झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले बताउँनुभयो । अन्य पालिकाहरुमा समेत शहिदका शालिकहरुमा माल्यापण गरि सहिद दिवश मनाउने पाठकले बताउँनुभयो ।
यता प्रचण्ड माधव समुहले भने गाउँ गाउँबाट जनता ल्याएर भव्य कार्यक्रमका विच सुखानी सहिदको श्रद्धाञ्जलीसभा मनाइने तय भएको उक्त समुहका जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजयले बताउँनुभयो । केन्द्रका अध्यक्षद्धयलाई नै कार्यक्रममा निम्तो गरिएको भएपनि सांसद अधिवेशनका कारण केन्द्रीय नेतृत्वले काठमाण्डौ नछाड्ने निर्णय भएकोले उहाँहरु नआएपनि जिल्लामा उपलब्ध केन्द्रिय नेताहरुको उपस्थितिमा भव्य कार्यक्रम राखिएको साम्पाङ्गले बताउँनुभयो । कार्यक्रममा झापा र इलामका कार्यकर्ताको सहभागिता रहने उहाँले बताउँनुभयो ।
Trending
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या