Kanakai Online

बिर्तामोड उवासंघमा अध्यक्षमा शिवाकोटी महासचिवमा मैनाली निर्वाचित


सोमवार, फागुन १७, २०७७ |

कनकाई अनलाईन
मेचीको व्यापारिक केन्द्रविन्दु बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । सोमबार राति ९ बजे सम्पन्न मतगणनाअनुसार शिवाकोटी कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलका शिवाकोटीले प्रतिस्पर्धी नेकपा र राप्रपा समर्थित संयुक्त प्यानलका सुवास भट्टराईलाई पराजित गर्नुभएको हो ।

बिजयी हुनुहुने शिवाकोटीले २ हजार १३९ मत प्राप्त गर्नुभयो भने भट्टराईले १ हजार ६१५ मत पाउनुभएको छ । मतपरिणामाअनुसार महासचिव, वाणिज्य सचिव, दुई खुला सदस्य र एक महिला सदस्य नेकपा र राप्रपा समर्थितले र बाकी सबै पदमा शिवाकोटी नेतृत्वको प्यानल बिजयी बनेको छ ।

निर्वाचन समितिका सदस्य केशव भट्टराईका अनुसार वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिका राजु न्यौपाने विजयी हुनुभयो उहाँले संयुक्तका नारायण चिमरियालाई हराउनुभयो । न्यौपानेले २ हजार ११६ मत र चिमरियाले एक हजार ५९२ मत प्राप्त गर्नुभयो ।

उद्योग उपाध्यक्षमा लोकतान्त्रिका सञ्जीव घिमिरेले एक हजार ९४० र संयुक्तका प्रकाश घिमिरेले एक हजार ७१८ मत प्राप्त गर्नुभयो । वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) ले २ हजार २७८ र संयुक्तका राधाकृष्ण अधिकारीले एक हजार ३२३ मत पाउनुभयो । महासचिवमा संयुक्तका अर्जुनकुमार मैनालीले लोकतान्त्रिकका रविन्द्र भट्टराईललाई २६ मतले पराजित गर्नुभयो । मैनालीले एक हजार ८४३ मत प्राप्त गर्नुभयो ।
जम्मा ३ हजार ८ सय ५८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले २ हजार ५५० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी धनबहादुर डाँगीले एक हजार ६३ मत पाउनुभयो । वाणिज्य सचिवमा संयुक्तका कृष्ण पौडेल विजयी हुनुभयो । उहाँले लोकतान्त्रिकका राजकुमार शाहलाई हराउनुभयो । पौडेलको एक हजार ९६६ र शाहको एक हजार ६७४ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा लोकतान्त्रिकका दिपेन्द्र राउतले संयुक्तका दुर्गाप्रसाद थपलियालाई पराजित गर्नुभयो । राउतले २ हजार १२२ मत पाउँदा थपलियाले एक हजार ५२४ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडाल विजयी हुनुभयो । उहाँले संयुक्तकी रञ्जु प्याकुरेललाई हराउनुभयो । चुडालले एक हजार ९७० मत र प्याकुरेलले एक हजार ६२४ मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा तुलसा ढकाल (२१९५) र रुचि शिवाकोटी (२०७६) विजयी हुनुभयो । ढकाल लोकतान्त्रिक र शिवाकोटी संयुक्त प्यानलको हुनुहुन्छ । खुला सदस्यमा विशाल थापा २०९९, गुञ्जन प्रसाईं २००८, पुकार बराल २०००, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, गौरीशंकर गुप्ता (टिंकु) १७९० र बलराम सिटौला (राम) १८६१ विजयी हुनुभयो । प्रसाईं र गुप्ता संयुक्त र खड्का स्वतन्त्र उम्मेदवार रहनुभएको थियो ।

जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराई निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित खबर