कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानले फराकिलो जित निकालेको छ ।
सोमवार भएको पहिलो उदघाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानको टिमले हल्दीवारी गाउँपालिकाको महिला फुटबल टिमलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
कनकाईको लागि लक्ष्मी श्रेष्ठले एक्लैले ४ गोल गर्नुभयो । लक्ष्मीले खेलको ६,८,२४ र ५२ मिनेटमा गोल गर्नुभयो । श्रेष्ठ खेलको उत्कृष्ट खेलाडी समेत हुनुभयो । कनकाईका लागि अर्को गोल खेलको ६२ मिनेटमा नेहा चौधरीले गर्नुभयो ।
कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगिताको प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई लगायातले उदघाटन गर्नुभयो ।
आगामी फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवशका दिनसम्म आयोजना हुने प्रतियोगितामा झापाका ८ पालिकाहरुको महिला टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ६५ हजार रुपैँया पाउने छ भने दोस्रो हुने टिमले ४० हजार रुपैँया पाउने खेल संयोजक गोविन्द सुवेदीले बताउँनुभयो ।
भोलीको दोस्रो खेल झापा गाउँपालिका र पारिजात फुटबल क्लव सालबाडी बिच हुने आयोजक समितिका अध्यक्ष दिनानाथ खतिवडाले बताउँनुभयो ।
उद्घाटन खेलमा प्रदेशसभा सदस्य थापा, कनकाई नपा प्रमुख पोखरेल, वाणिज्य संघका पुर्व अध्यक्ष कुमारमणि पोखरेल, राजनैतिक दलका प्रतिनिधि राप्रपाका इन्द्र रोक्का लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा न्युरो फार्मेसीले निशुल्क स्वास्थ्य सेवा गरेको थियो भने आजको खेलको म्यान अफ दी म्याचको प्रायोजन सुनचादी व्यावसायी अशोक वरालले गर्नुभएको थियो ।
फोटो ः सेतो जर्सीमा आयोजक कनकाई खेलकुद र हरियो जर्सीमा हल्दिवारीका महिला खेलाडीहरु तस्वीर कनकाई अनलाईन