कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित कनकाई माविको खेल मैदानमा आजबाट छैठो जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
खेल संयोजक गोविन्द सुवेदीका अनुसार आजको उद्घाटन खेल आयोजक कनकाई खेलकुद प्रतिष्ठान र हल्दीवारी गाउँपालिकाको महिला फुटबल टिमविच हुने छ ।
फुटबल खेल अगाडि आज आयोजक समिति कनकाई खेलकुद प्रतिष्ठानद्धारा आज विहान खेलमैदान सरसफाई गरिएको छ । आयोजक समितिका अध्यक्ष दिनानाथ खतिवडाका अनुसार अन्र्तराष्ट्रिय नारी दिवशका दिन फाइनल खेल हुने छ । प्रतियोगितामा झापाका ८ महिला टिमको सहभागिता रहने छ । आजको खेल आयोजक कनकाई खेलकुद प्रतिष्ठान र हल्दिवारी पालिकाको महिला टिमविच दिउसो २ बजे हुने छ ।
Trending
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै