Kanakai Online

साइक्लिङको उपाधि निर्दललाई


आइतवार, फागुन १६, २०७७ |

कनकाई अनलाईन
झापाको मेचीनगरमा आयोजित चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले जित्नुभएको छ ।

जेनियम युवा क्लब धुलाबारीले शनिवार आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा १ घण्टा २८ मिनेटमा पुरा गरी प्रथम उपाधि हात पारेका हुन् । केरुङले उपाधिसगै नगद ३५ हजार रुपैँया पाउनुभयो ।
प्रतियोगिताको दोस्रो हुने ताप्लेजुङका आशिस गुरुङले १ घण्टा ३६ मिनेट र तेस्रो उपाधि ताप्लेजुङका प्रविण राईले १ घण्टा ३८ मिनेटमा उक्त यात्रा पुरा गर्नुभयो । दोस्रो हुनेले नगद ३० र तेस्रो हुनेले २५ हजार रुपैँया हात पार्नुभयो ।

त्यस्तै चौथो हुने सचिन रिमाललाई ३ हजार, पाँचौ हुने आकाश श्रेष्ठलाई २ हजार तथा छैटौँ हुने विष्णुकुमार राई, सातौँ हुने प्रसिद्व वस्नेत, आठौँ हुने सुदिपकुमार गडेरी, नवौँ हुने युद्व राई र दशौँ हुने अजय राई (भूपु) लाई जनही एक हजार नगदसहित ट्रफी र गिफ्टहेम्परहरु प्रदान गरिएको थियो ।

‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ’ भन्ने नाराका साथ धुलाबारीदेखि सुरु भई शरणार्थी शिविर, शान्तिनगर, बहुबन, बेशीबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारीमा आएर प्रतियोगिता समापन भएको थियो । बिजयीलाई प्रदेश सभाका सदस्य गोपाल चन्द्र बुढाथोकीले पुरस्कार प्रदान गर्नुभयो ।

सम्बन्धित खबर