Kanakai Online

को पुग्ला फाइनलमा-रेड स्टार र ब्रदर्सको भिडन्त।


आइतवार, फागुन १६, २०७७ |

मदरगाछ,फागुन १६।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज समूह “बि” अन्तरगत दोस्रो सेमीफाइनल खेल हुने भएको छ।रेड स्टार बिर्तामोड र ब्रदर्स युनाइटेड चन्द्रगढी बिच प्रतिषपर्धा हुने भएको हो।

स्थानिय जनकल्याण मावि मदरगाछको खेल मैदानमा दिउँसो २ बजे देखि सुरु हुने खेलमा प्रदेशका यी चर्चित टिमको प्रतिषपर्धा हुन लागेको हो।

यी दुई टिमको भिडन्त पछी बिजेता बनेको टिम अन्तिम दुईमा सुरक्षित हुँदै फाइनलमा प्रबेस गर्नेछ।प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।