Kanakai Online

आज झापा एफसी राजगढ र ब्रदर्स युनाइटेड चन्द्रगढी भिड्दै।


शुक्रवार, फागुन १४, २०७७ |

मदरगाछ,फागुन १४।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगीतामा आज झापा एफसी राजगढ र ब्रदर्स युनाईटेड चन्द्रगढी बिच प्रतिषपर्धा हुने भएको छ।जनकल्याण मावि मदरगाछको खेल मैदानमा दिउँसो २ बजे देखि सुरु हुने खेलमा प्रदेशका यी चर्चित टिमको प्रतिषपर्धा हुन लागेको हो।

यी दुई टिमको भिडन्त पछी बिजेता बनेको टिम अन्तिम चारमा सुरक्षित हुँदै रेड स्टार बिर्तामोड संग सेमीफाइनल खेल खेल्नेछ।प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।

सम्बन्धित खबर