कामाटोली,फागुन १२।झापा गाउँपालिका स्वास्थ्य साखाको आयोजनामा बुधबार हात्तिपाईले रोग निवारण अन्तरगत आम औषधि सेवन अभियान सम्बन्धी पालिका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,स्वास्थ्य कर्मी,शिक्षक,वडाध्यक्ष,कर्मचारीको उपस्थितीमा सम्पन्न गोष्ठिमा हात्तीपाईले रोग सम्बन्धी चर्चा परिचर्चा गरिएको थियो।गाउँपालिकामा हात्तीपाईले रोग सम्बन्धी सर्वे गरिँदा अझै पनि पालिकाका १०.५% मानिस यस रोगबाट ग्रसित रहेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिनुभयो।उहाँले यस रोगको पुर्ण निर्मुलका लागि औषधि सेवनमा अनिवार्यता लागू गर्नेमा जोड दिनु भएको छ।
अन्तरक्रियामा स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले हात्तीपाईले रोग एक जुका बाट सर्ने रोग भएकाले यो रोग क्युलेस जातको पोथी लामखुट्टे बाट सर्ने जानकारी दिनुभयो।उहाँले झापा गाउँपालिकामा यो रोग अझै निर्मुल भईनसकेकाले स्वास्थ्यकर्मी थप चुनौती आएको बताउनु भयो।
गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जीवन चौलागाईँले हात्तिपाईले रोगको अहिले स्थिती र झापा जिल्लामा रहेका संक्रमितहरु बारे चर्चा गर्नुभएको थियो।उहाँले नेपाल सरकारले हात्तीपाईले रोग निवारणको औषधि ९ वर्ष देखि निरन्तर खुवाइरहेको जानकारी दिदै यो रोगको निवारण सन २०२० मा गरिने लक्ष्य लिए पनि सम्भव नभएको बताउनु भयो।चौलागाईंले अब हात्तीपाईले रोगको पुर्ण निवारणको लक्ष्य सन २०३० मा रहेको बताउनु भयो।उहाँले हात्तिपाईले रोग झापा गाउँपालिकामा छ छैन भनेर यहाँको संक्रमणको उच्च जोखिममा रहेको झापा बजार(कुमरखोद) क्षेत्रका ३०० जना स्थानियको रगत संकलन गरि सर्बे गरिए पनि पुन: देखा परेको बताउनु भयो।संसारका ७१ देशमा हात्तिपाइलेको संक्रमण रहेको उल्लेख गर्दै २१ देशले अहिले निरन्तर औषधि सेवन गरिरहेको चौलागाईंले जानकारी दिनुभयो।नेपालमा अहिले यस रोगको जोखिममा ६३ जिल्ला रहेका छन,२.५ करोड मानिस यसको जोखिममा रहेको चौलागाईंले बताउनु भयो।
गोष्ठिमा औषधि सेवनलाई कसरी प्रभावकारी बनाउने बारे छलफल गरिएको थियो।स्वास्थ्यकर्मीहरुले हात्तीपाईलेको औषधि खाना पछी सेवन गरे यसबाट केही असर नहुने बताएका छन।