Kanakai Online

झापा गाउँपालिकाका जनप्रतिनिधीले लगाएनन खोप।


आइतवार, फागुन ९, २०७७ |

कामाटोली,फागुन ९।सरकारको कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणको कोभिशिल्ड खोप अभियानमा झापा गाउँपालिकाका जनप्रतिनिधी भने सहभागी भएनन।समाजमा खोपको प्रभावकारिता बारे प्रश्न उठिरहेका बेला पालिकाका जनप्रतिनिधिले खोप नलगाउँदा स्थानिय भने अचम्भित बनेका छन।


झापा गाउँपालिका भित्रका जनप्रतिनिधी,कर्मचारी,सुरक्षाकर्मी,बैंक बित्तिय संस्थाका कर्मचारी,पत्रकारलाई दोस्रो चरणको खोप अभियानमा समेटीरहेका बेला पालिकाका अधिकांस जनप्रतिनिधि भने खोप अभियानमा सहभागी नभएको बुझिएको छ।झापा गाउँपालिकामा गत फागुन ५ गते टाघनडुब्बा स्वास्थ्य चौकीमा भएको खोप कार्यक्रममा कुल ३७ जनप्रतिनिधि मध्ये ४ जना वडा सदस्यले मात्र खोप लगाएको स्वास्थ्यकर्मीले बताए।


यता झापा गाउँपालिका-४ का वडाध्यक्ष राजु जंग भारतीले खोप किन लगाउनु भएन भन्ने प्रश्नमा वडाका जनतालाई पहिले नलगाई आफुले नलगाउने प्रतिकृया दिएका छन।त्यस्तै वडा-२ का वडाध्यक्ष नेत्रबहादुर खड्काले जनता सुरक्षित रहे मात्र आफूलाई सुरक्षित महसुस हुने बताए।उनले जनतानै सर्वपरी भएकाले जनता नै सुरक्षित रहनु पर्नेमा जोड दिदै आफुले कोरोना खोप अभियानमा भाग नलिएको बताए।झापा गाउँपालिकामा दोस्रो चरणको खोप अभियानमा कुल २०० जनाले कोरोना विरुद्दको कोभीशिल्ड खोप लगाएका छन।

सम्बन्धित खबर