कनकाई अनलाईन
युनिक कलेजका उपाध्यक्ष त्रिलोचन उप्रेतीले फेसबुक म्यासेन्जरमा लेखेको कुरालाई लिएर भएको विवाद र त्यसपछि कनकाई बहुमुखी क्याम्पसका बिद्यार्थीद्धारा लगाइएको तालाबन्दी सर्बपक्षिय छलफलपछि ताला खुलेको छ ।
भएको छलफलमा उप्रेतीले आफुले गल्तीवश फेसबुकको व्याक्तिगत मेसेन्जरमा केहि गालीका शब्दहरु पठाएको भन्दै त्यसमा आफ्नो गल्ती भएको स्वीकार गरेपछि अखिल कनकाईले लगाएको ताला खोलिदिएको हो ।
छलफलमा युनिक कलेजका तर्फबाट व्यावस्थापन समिति अखिलका तर्फबाट अध्यक्षद्धय अनुप भण्डारी र रविन गुप्ता, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख उदयसंम्सेर जबरा, पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली , राजनैतिककर्मी विनोद रानामगर पत्रकार तीर्थराज खरेल लगयातको उपस्थिति रहेको थियो ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा अगाडि राखिएको युनिक कलेजको ब्यानर अज्ञात समुहले च्यातेपछि क्याम्पसका केहि प्राध्यापकहरुलाई उप्रेतीले ब्याक्तिगत म्यासेन्जरमा गालीका शब्द लेखेका थिए । यी दुई कलेजविच भएको तिक्क्ततापुर्ण सम्बन्ध छलफलपछि सौहार्दपुर्ण बनेको अखिलका अध्यक्ष अनुप भण्डारीले बताउँनुभयो ।
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो